Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौ – इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कदै छ ।नेपाली क्रिकेट टिमले हिजो विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको ४१ रनको जित निकालेको थियो ।

पाँच ओटा अभ्यास खेल खेल्न बेलायत गएको नेपाली क्रिकेट टोलीले सबै खेलमा उत्कृष्ट जित निकालेको थियो ।नेपाली टोलीले पहिलो खेलमा इस्टबर्नलाई १ सय ८१ रन, दोस्रो खेलमा कन्फ्रेन्स क्रिकेट क्लबलाई ४ विकेटले तेस्रो खेलमा इन्डियन जिमखानालाई २० रनले तथा चौथो खेलमा फ्रि रेस्टरलाई १ सय २९ रनले पराजित गरेको थियो ।

नेपालले बेलायत भ्रमणलाई साउन २९ र ३१ मा नेदरल्यान्डविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रूपमा लिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ ।

तपाईको प्रतिक्रिया