काठमाडौ – नेपाल भूकम्प पूनर्लाभ परियोजना कार्यक्रम अनर्गत जिल्ला स्तरीय जेष्ठ नागरिक समन्वय समिति गठन गरिएको छ । राजधानीमा आज एक कार्यक्रम गरी जेष्ठ नागरिकको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको गैरसरकारी संस्था नेपाल सहभागितामूलक कार्य समूह नेपाल (नेपान) र अन्तराष्ट्रिय गैरसरकारी संस्था हेल्प एज इन्टरनेशनलको सहयोगमा जेष्ठ नागरिक शिवराम प्रधानको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा नेपालको कार्यक्षेत्रका काठमाडौँका ४ गाबिस थानकोट, मच्छेगाउँ, गोलढुङ्गा र धर्मस्थलीका एक एक जना प्रतिनिधि सदस्य रहेका छन् । अन्य सदस्यहरुका नेपानका सचिवालय सदस्य रहने गरी नेपाल बार एसोसियसनकी प्रतिनिधि रञ्जिता कार्की, त्यस्तै एनजिओ फेडरेसन अफ नेपालकी रञ्जु नापित छन् ।
संस्थाले आवस्यकता अनुसार अन्य सदस्य थप्ने समितिले जनाएको छ । समितिको सल्लाकारमा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, र जिल्ला बिकास समिति काठमाडौँका प्रतिनिधिलाई चयन गरिने बताइएको छ ।
समितिले जेष्ठका नागरिकको अधिकार तथा सरोकारका क्षेत्रमा नेपान र हेल्प एजको सहजीकरणमा काम गर्नेछ । कार्यक्रमा सहभागितामूूलक कार्य समूह नेपाल (नेपान)का बारेमा फटिक थापाले जानकारी गराउनुभएको थियो । त्यस्तै भूकम्प पूनर्लाभ परियोजनाका सम्बन्धमा कार्यक्रममा संयोजक चन्द्र सर्तुङ्गी मगर र जेष्ठ नागरिका अधिकारका बारेमा राजन सुनारले जानकारी दिनुभएको थियो