Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविदहरुसँग परामर्श गर्दै हुनुहुन्छ । संसदमा कांग्रेस र माओवादीका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो भावी कदमबारे उहाँले संविधानविदहरुसँग परामर्श गर्न लाग्नुभएको हो ।

kp

संविधानको संक्रमणकालिन व्यवस्थामा अर्को सरकार गठनबारे स्पष्ट व्यवस्था नभएकाले अविश्वास प्रस्ताव पारित भएपछि के गर्ने भन्नेबारे उहाँले परामर्श गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कांग्रेस र माओवादीले शनिबार गरेको यस्तै छलफलमा कानुनविदहरुले संविधानमा नलेखिएपनि अर्को सरकार गठनमा संवैधानिक अड्चन नभएको बताएका थिए ।

यस्तै आइतबारनै प्रधानमन्त्रीले सत्तारुढ दलहरुको बैठक बोलाउनुभएको छ । बेलुकी ६ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । माओवादीले समर्थन फिर्ता लिएपनि अरु सत्तारुढ दलले अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया