Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

नवलपरासी – पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको मध्यबिन्दु-७ चोरमारा जंगलमा बिहबिार राति एक बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको  छ । १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट प्युठानका लागि छुटेको ना ५ ख ६२७४ नम्बरको बस रोकिराखेको लु १ ख ६७५१ नम्बरको ट्रकमा ठोक्किँदा गुल्मी खर्‍याङ्ग-९ का २८ वर्षका भेषबहादुर बुचाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाइते हुने बस धनी झपिन्द्र थापा,  गुल्मी छफिरे–३ की इश्वरी काप्री, प्युठानका देबेन्द्र खत्री, कमल पाण्डे, अर्जुन भट्टराई, विशाल विक, बिष्णु पौडेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ । अरु घाइतेको डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको  छ । दुर्घटनापछि अवरुद्ध भएको सडक दुई घण्टापछि खुलाइएको थियो  ।

तपाईको प्रतिक्रिया