Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

म्याग्दी – जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजायसहित रु २५ हजार जरिवाना तिराउने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रामप्रसाद शर्माको बिहीबार बसेको इजलासले हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ती व्यक्तिलाई सो सजायको फैसला सुनाएको हो । अदालतले गरेको फैसलाअनुसार निजलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

। १२ वर्षकी आफ्नै छोरीलाई हाडनाता करणी गरेको विषयमा उजुरी परेपछि प्रहरीले गत वैशाख २९ गते निजलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया