Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – फ्रान्सको नीस सहरमा लरीले किचेर कम्तीमा ७० जनाको मृत्यु भएको छ ।  निसमा बास्टिल डे अर्थात् राष्ट्रिय दिवस मनाइरहेका मानिसहरूको भीडमाथि एउटा लरी गुडाइँदा कम्तीमा ७० जनाभन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । _90393951_dd52e5e4-de79-44b2-aedd-0758dc2a615f

घटनामा कयौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । सुरक्षा कारबाहीमा लरी चालक मारिएका छन् र लरीमा बन्दुक तथा ग्रिनेड फेला परेको अधिकारीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार उक्त लरी मानिसहरूको ठुलो भीडमा दुई किलोमिटरसम्म गुडेको थियो । यो घटना नियोजित भएको हुनसक्ने आशंका गरिएको छ ।

यसैबिच घटनापछि फ्रान्सका राष्ट्रपति फ्रास्वां ओलान्दले आपत्कालीन बैठकका लागि राजधानी प्यारिस फर्किरहेको बताइएको छ । ओलान्द निजी भ्रमणका लागि याभिनियो सहरमा हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया