Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ – बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । गएराती सम्पन्न दोस्रो अभ्यास खेलमा ईण्डियन जिमखानालाई २० रनले हराउदै नेपालले दोस्रो अभ्यास खेल पनि आफ्नो पक्षमा पारेको हो । Nepal cricketers

जितका लागी १ सय ६३ रनको चुनौती पच्छ्याएको ईयिडयन जिमखाना क्लबले २० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर १ सय ४२ रनमात्र बनाउन सक्यो । उसका लागि पुनेट मेहराले सर्वाधिक ४७ रन बनाए । नेपाली बलरसामु खुलेर खेल्न नसकेको ईण्डियन जिमखानालाई कम स्कोरमा रोक्ने क्रममा विक्रम शोब, करण केसी, सागर पुन र शक्ति गौचनले समान २ विकेट लिए । पारस खड्काको नाममा १ विकेट रह्यो ।

यसअघि घरेलु मैदानमा जिमखानाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपाली राष्ट्रिय टोलीले निर्धा्रित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६२ रनको उच्च योगफल तयार पारेको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ३८ रन बनाएको नेपाली ईनिङसमा सागर पुनले सर्वाधिक ५६ रन बनाए । पारस खड्काले १५ र राजेश पुलामी मगरले १३ रन बनाए । नेपाली टोलीले तेस्रो अभ्यासमा आज स्ट्यानमोर क्रिकेट क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया