Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रित मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रका नेताहरूले सुझाव दिएका छन् ।prachanda

प्रचण्डले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिनुभएको छ । यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदाको ९ महिने कार्यकालको समीक्षासमेत गरिरहेको स्रोतले बतायो ।

पहिलो पटक उनी २०६५ भदौ २ देखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो । पूर्व लडाकुका डेपुटी कमान्डर चक्रपाणि खनालले दाहाल नेतृत्वको भावी मन्त्रिपरिषद समानुपातिक र समावेशी हुनुपर्ने बताउनुभयो । माओवादी केन्द्रबाट उपप्रधान एवं अर्थमन्त्रीमा कृष्णबहादुर महरा, स्थानीय विकासमन्त्रीमा जनार्दन शर्माको नाम आएको छ । त्यस्तै गिरिराजमणि पोखरेल र हितराज पाण्डे पनि मन्त्रीको सूचीको अग्रभागमा रहेको बताइएको छ ।

यसैगरी कर्णालीबाट महेन्द्रबहादुर शाही, मधेसबाट प्रभु शाह, महिलाबाट रेखा शर्मा नभए सीता नेपाली, थारुबाट गौरीशंकर थारु वा बुद्धिसागर चौधरी, दलितबाट दलजित श्रीपालीको नाम मन्त्री हुने सूचीमा रहेको छ ।

पोखरेल र शर्मालाई वर्तमान सरकारमा रहँदा प्रभावकारी काम गरेको भन्ने मूल्यांकन माओवादी नेतृत्वले गरेको छ । ं***

तपाईको प्रतिक्रिया