Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – सुरक्षाका दृष्टिले अति संवेदनशील मानिने कारागारभित्रै लागू औषधको कारोबार हुने गरेको पाइएको छ ।Jail-Conviction

सप्तरी सदरमुकाम राजविराजस्थित कारागारमा बाहिरबाट खरिद गरी लगिएको १ किलो गाँजा प्रहरीले बरामद गरेपछि लागूऔषधको कारोबार हुने गरेको खुलेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

गाँजाको कारोबारमा केही कैदीबन्दीसँगै कारागार प्रशासनका कर्मचारीको समेत संलग्नता हुन सक्ने भन्दै प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरेको छ । कैदीबन्दीका लागि लगिएको दहीको ड्रममा गाँजा बरामद भएको जिल्ला प्रहरीका नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया