Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने निर्णय गरेको छ । आज दिउसो बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने भन्दै कांग्रेस माओवादीले राखेको अविश्वासको प्रस्तावविरूद्ध सामना गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

pm k

वर्तमान एमाले गठबन्धनको सबै भन्दा ठूलो सहयात्री दल नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री केपी शर्माले पार्टीको संसदीय दलको बैठक बोलाउनुभएको थियो ।

एमालेले संविधान बमोजिम अगाडि बढ्ने र कांग्रेस माओवादीको प्रस्तावविरूद्ध सामना गर्ने निर्णय गरेको हो ।बैठकले माओवादीले चालेको कदम दुर्भाग्यपूर्ण भएको भन्दै देशलाई गम्भीर दुर्घटनामा फसाउन खोजेको आरोपसमेत लगाएको छ ।

तपाईको प्रतिक्रिया