Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – विश्व फुटबल बरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल ६ स्थान तल झर्दै १ सय ८८ औं स्थानमा पुगेको हो ।

fifa

दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ । १ सय ५० औं स्थानमा रहँदै अफगानिस्तान दक्षिण एसियामा पहिलो स्थानमा छ । भारत १ सय ५२ औँ, माल्दिभ्स १ सय ७४ औँ र बंगलादेश १ सय ८३ औँ स्थानमा छन् । यस्तै भुटान १ सय ९२ औँ, श्रीलंका १ सय ९३ औँ र पाकिस्तान १ सय ९४ औँ स्थानमा छन् ।

वरियतामा गएको महिनाभन्दा १५ स्थान माथि चढ्दै वेल्स ११ औँ स्थानमा उक्लिएको छ । फ्रान्सले पनि पहिले भन्दा १० स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ । वेल्स युरो कप २०१६ को सेमिफाइनल र फ्रान्स फाइनल पुगेकाले वरियतामा सुधार भएको हो ।

यस्तै गएको महिनाभन्दा दुई स्थान माथि चढ्दै पोर्चुगल छैठौँ स्थानमा उक्लिएको छ । स्पेन र ब्राजिल भने पहिले भन्दा दुई स्थान तल झरेका छन् ।

यि हुन उत्कृष्ट १५ देश

  • अर्जेन्टिना
  • बेल्जियम
  • कोलम्बिया
  • जर्मनी
  • चिली
  • पोर्चुगल
  • फ्रान्स
  • स्पेन
  • ब्राजिल
  • इटाली
  • वेल्स
  • उरुग्वे
  • इंग्लाण्ड
  • मेक्सिको
  • क्रोयसिया
तपाईको प्रतिक्रिया