काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनमा विदेशी चलखेल भएको आरोप लगाउनुभएको छ । रक्षा मन्त्रालयले आज राजधानीमा गरेको राष्ट्रिय सुरक्षा नीति गोष्ठीमा उहाँले कुनै पार्टीले सरकार छा्ड्दैमा हर्ष बढाई र भोजको आयोजना गर्नुले सरकार परिर्वतनमा विदेशी इशारा भएको स्पष्ट भएको बताउनुभयो ।
देश भित्र बिदेशी खेलकुद हुनु बिडम्बना भएको प्रधानमन्त्री ओलीले आन्तरिक विचारबाटै सरकार परिवर्तन सम्भव रहेको बताउनुभयो । राष्ट्रिय हित र स्वभिमानको रक्षाको कुरा गर्दा कोही पनि आत्तिनु पर्ने अवस्था नभएको भन्दै उहाँले मित्रताको नाममा राष्ट्रिय हितलाई कमजोर पार्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वर्तमान सरकारले छिमेकी संगको सम्बन्ध विगारेको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले झुट हैन साँचो बोलेर राजनीति गर्न आग्रह गर्नुभयो । नेपाललाई दुईवटै छिमेकीसंग पारवहन सम्बन्ध कायम गर्ने छुट भएको भन्दै उहाँले कुनै एक मुलकबाट मात्र गर्नु पर्छ भन्ने बाध्यता नभएको बताउनुभयो ।