टोकियो – किराँत राई यायोक्खाले आउँदो अगस्त महिनामा बहुचर्चित गायक राजेश पायल राई, सुपरस्टार दयाहाङ् राई, प्रसिद्द हाँस्यव्यङ्ग्यकार तथा अभिनेता विल्सन विक्रम राई (तक्मे बुढा), चर्चित मोडल तथा डान्सर माला सुब्बा र डान्सर रमा लिम्बूलाई जापान बोलाई भब्य कन्सर्ट ’यलम्बर साँझ’ को आयोजना गर्ने भएको छ ।
अगस्त १३ का दिन टोकियोको नाकानो जिरो हल र अगस्त १५ मा नागोयामा हुने उक्त कार्यक्रको तैयारीलाई तिब्र पारिएको आयोजक स्रोतले जनाएको छ ।
२०१४ सालमा स्थापना भएको किराँत राई यायोक्खा जापानद्वारा आयोजित उक्त पहिलो कार्यक्रममा उपस्थित भईदिन जापानबासी नेपाली समुदायमा सो संस्थाले अपिल पनि गरेको छ ।***