Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामाको सट्टा अविश्वासको प्रस्तावको सामना गर्ने बाटो रोज्नुभएको छ । kp

ओलीले राजीनामा नदिने संकेत पाएपछि काँग्रेस र माओवादी केन्द्रले बुधवार संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अल्पमतमा परिसकेपछि राजीनामाको सट्टा ओली किन अविश्वासको प्रस्तावको सामना गर्ने निष्कर्षमा पुगे ? यसका पछाडि केही कारण भने पक्कै छन् । संसदमा विश्वासको मत आर्जन गरेर सरकारलाई निरन्तरता दिन सकिने सम्भावना देखेर ओलीले राजीनामा नदिनुभएको त होइन ?

जति गरे पनि आफ्नो पक्षमा बहुमत नपुग्ने ओलीले राम्ररी बुझ्नुभएको छ । तर उहाँले आफ्नो सरकारको औचित्य संसदमा पुष्टि गराउन चाहानुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । त्यसैले राजनीतिक वक्तव्यबाट समर्थन फिर्ता लिएको विषय संसदीय प्रक्रियामा प्रवेश गरोस् भन्ने उहाँको मनसाय छ ।

संसद्मा प्रवेश गराएपछि अविश्वास प्रस्ताव माथि बहस हुन्छ । उक्त बहसमा दुवै पक्षका सांसदहरूले आफ्नो कुरा राख्न सक्छन् । यस्तो अवस्थामा सरकारको औचित्य पुष्टि गर्न संसद् गतिलो ‘प्लेटफर्म’ हुने भएकाले ओलीले त्यसलाई प्रयोग गर्न चाहानुभएको हो ।

अविश्वासको प्रस्ताव आउनुको कारणलाई संसदीय प्रक्रियाबाटै खण्डन गर्न पनि ओली यसको सामना गर्ने निष्कर्षमा पुग्नुभएको हो । ***

तपाईको प्रतिक्रिया