Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका काँग्रेस र माओवादी केन्द्रले मन्त्रालयको बर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन् ।

स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा काँग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको हो । दुई दलबीच भएको आन्तरिक सहमति पत्रमा मन्त्रालयको संख्या समेत तोकिएको आजको अन्नपूर्णमा खबर छ । बाँकी मन्त्रालय भने सरकारमा सहभागी राप्रपा, साना दल र मधेसी दलहरूलाई छुट्याउने सहमतिमा उल्लेख भएको बताइएको छ । prachanda-sherbahadur

उक्त पत्रमा चैत मसान्तसम्म प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछिको बाँकी अवधि काँग्रेस सभापति देउवा प्रधानमन्त्री हुने पनि उल्लेख छ । दुई दलबीच भएको पाँच बुँदे आन्तरिक सहमतिलाई काँग्रेस केन्द्रीय समितिले समेत अनुमोदन गरिसकेको छ । दुवै दलले यो सहमति फाइलिङ गरेर रेकर्डमा राखेपनि सार्वजनिक नगर्ने सहमति भएको छ ।

सरकार सञ्चालनका लागि दुवै दलका एक एक नेता रहने गरी उच्चस्तरीय संयन्त्र बनाउने समेत आन्तरिक सहमतिमा उल्लेख छ । प्रधानमन्त्रीले राजीनामा गरे वा अविश्वासको प्रस्ताव पास भएपछि मात्र कुन मन्त्रालय कुन दलले लिने भन्ने टुंगो लाग्ने स्रोतले जनाएको छ । ***

तपाईको प्रतिक्रिया