Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – नयाँ गठबन्धनको तयारीमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र वर्तमान सरकारले प्रस्तुत गरेको बजेटका पक्षमा मतदान गर्ने कि नगर्ने भनेर धर्मसंकटमा परेका छन् ।

सरकारले आज संसदबाट बजेट अनुमोदन गर्ने भनेको थियो। तर नयाँ गठबन्धनको तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।

यदि बहुमतले अहिले बजेट पास भए प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत रहेको भन्ने अर्थ लाग्ने र बजेट पास नगर्दा खराब संसदीय राजनीति गरेको आरोप लाग्ने तर्कहरू आएका छन् ।

केहीले अहिले बजेट पास गर्दैमा त्यसले अविश्वासको प्रस्तावमा कुनै असर नपर्ने तर्क गरेका छन् भने सरकारले एक चौथाई बजेट खर्च गर्न र कार उठाउन कानुनी प्रक्रिया पुरा भइसकेका कारण अहिले बजेट पास नगर्दा केही फरक नपर्ने अर्का थरिको तर्क छ ।

कांग्रेस एमाओवादीका नेताहरू संसदमा दिउँसो धेरैबेरसम्म बजेटसम्बन्धी विधेयकहरु पास गर्ने कि नगर्ने भन्ने विषयमा अलमलिइरहे। अन्ततः सभामुखसँग परामर्स गरेर भोलिसम्मका लागि संसद बैठक स्थगित गर्न लगाए । एमालेले आजै भोट हुनुपर्ने भन्दै अडान लिएको थियो।

तपाईको प्रतिक्रिया