काठमाडौं – बंगलादेशसँग असार ३१ गते र साउन २ गते हुने भनिएको मैत्रीपूर्ण फुटबल रद्ध भएको छ । बंगलादेशको फुटबल संघले अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाउँदै विशेष परिस्थितिका कारण खेल रद्द गरेको जानकारी दिएको हो ।
बंगलादेश फुटबल संघले पठाएको पत्रमा लेखिएको छ ‘वर्तमानस्थितिमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न हामी असमर्थ छौं ।’ बंगलादेशले एक महिनापछि मैत्रीपूर्ण खेल हुन सक्ने संकेत पनि गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
असार ३१ गते र साउन २ गते हुने भनिएको मैत्रीपूर्ण खेलका लागि नेपालले तयारी गरि टिमसमेत घोषणा गरेको थियो । सुरक्षाका कारण खेल स्थगित भएको हो । बंगलादेशमा गएको हप्ता इस्लामिक स्टेट आइएसका लडाकुले बम विस्फोट गराएका थिए ।