शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

Smallest Countryएजेन्सी – बिश्वको सबैभन्दा सानो देश भ्याटीकन सिटीलाई मानिएता भए पनि त्यो भन्दा पनि सानो देश रहेको छ जुन देश दुईवटा पिल्लरमा अडिएको छ । जहाँको कुल जनसंख्या २७ जना मात्र रहेको छ ।
इङ्गल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो । जसको नाम सील्याण्ड हो ।

केही वर्ष अगाडि सम्म यस देशको राष्ट्रपति, प्रधानमन्त्री र मालिक जे भने पनि रोय बेट्स नाम गरेका एकै ब्यक्ति थिए । सन् २०१२ मा उनले आफूलाई त्यस देशको मालिक घोषित गरेता पनि उनी अहिले यो संसारमा छैनन् र त्यस देशको जिम्मेवारी अहिले उनका छोरा माइकलले सम्हालेका छन् ।

यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको बताईएको छ । तर, पनि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।

जीविकोपार्जनको खासै कुनै माध्यम नभए पनि उक्त देशको आफ्नै मुद्रा र टिकट भने रहेको बताईन्छ । धेरैजसो बाह्य अनुदान, चन्दाबाट चल्ने गरेको यस देशको बारेमा पहिलोपटक थाहा पाउने मानिसहरु हेर्नका लागि आउनेहरुको ओइरो लाग्न थालेको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । जहाँको जनसंख्या जम्माजम्मी ८ सय रहेको छ । ***

तपाईको प्रतिक्रिया