मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम काठमाडौंका विभिन्न स्थानमा हरेक बुधबार बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्ने गरिएको हो ।

नेपालमा नसर्ने रोग विशेष गरी मुटु तथा रक्तनलीको समस्या, दम, मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर दुई तिहाई भन्दा बढी रहेको छ । स्वस्थ व्यक्तिमा नसर्ने रोगहरु र तिनका जोखिमहरु समयमा नै पहिचान गरी उचित परामर्श, परीक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिन यो कार्यक्रम सञ्चालन गरिएको हो ।

यो कार्यक्रममा ३० वा सो भन्दा माथिका उमेर समूहका व्यक्तिहरु सहभागि हुनसक्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले जनाएको छ । कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकोत्सालय, गैरिगाउँ, तिनकुनेमा निःशुल्क सञचालन भईरहेको हो ।

के के गरिन्छ?
• चिकित्सकद्वारा नसर्ने रोग सम्बन्धी इतिहास र शारिरिक जाँच गरिन्छ ।
• तौल, उचाई, पेटको मोटाई नापिन्छ ।
• रक्तचाप नापिन्छ ।
• रगतको सामान्य परीक्षण (CBC)
• रगतमा चिनिको जाँच (सुगर)
• मृगौलाको जाँच (Urea, Creatinine)
• कलेजोको जाँच (Bilirubin, ALP, SGOT, SGPT)
• लिपिड प्रोफाईल (Cholesterol, TG, LDL, HDL)
• पिसाबको जाँच
• दिसामा सूक्ष्म रगतको जाँच (Faecal Occult Blood)
• आवश्यकता अनुसार स्वस्थकर जीवनशैली सम्बन्धी परामर्श र औषधि दिईनुका साथै योग अभ्यास समेत सिकाईन्छ ।

नागरिक आरोग्य सेवा केन्द्रहरू (तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका) बाट समेत यो कार्यक्रम सञ्चालन भईरहेको छ । जस अन्तर्गत सुगर र रक्तचाप परिक्षण गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले जनाएको छ ।

तपाईको प्रतिक्रिया