Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । न्यायाधीशद्वय सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले दुवै पक्षको सुनुवाइपछि यस्तो आदेश दिएको हो।

चलिरहेको लोकसभा चुनावलाई ध्यानमा राख्दै अन्तरिम जमानत दिइएकोमा प्रवर्तन निर्देशनालयले भने सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ। उसले चुनावको लागि प्रचार गर्न केजरिवाललाई संवैधानिक अधिकार नभएको बताएको छ। जुन १ सम्मको अन्तरिम जमानतको अर्थ मे २५ मा दिल्लीमा मतदान हुँदा केजरीवाल जेलबाट बाहिर हुनेछन्। जुन २ मा केजरीवालले आत्मसमर्पण गर्नुपर्नेछ। उनी मतगणना र नतिजा आएको दिन पुनः जेल जानेछन्।

केजरीवाललाई अहिले खारेज गरिएको अन्तःशुल्क नीतिसँग जोडिएको मनी लान्ड्रिङ मुद्दामा मार्च २१ मा पक्राउ गरिएको थियो। अन्तरिम जमानतको अर्थ उनी एक महिनापछि तिहाड जेलबाट बाहिरिनेछन्।

 

तपाईको प्रतिक्रिया