मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् । उनले प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले गगन थापालाई प्रमाण दिन चुनौती दिँदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताए । सदनबाट भएको निरन्तर खेदाइलाई संसदबाटै जवाफ दिन खोजेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया