आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

कपिलवस्तु – लामो समयदेखि जारी रहेको नाकाबन्दी हटे पनि कपिलवस्तुका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव कायमै छ ।
सिटामोल, आइरन चक्की, कुष्टरोग र क्षयरोगको सीमित औषधि मात्र स्वास्थ्य संस्थामा रहेको छ । त्यो पनि केही दिन मै सक्किदै छ । अत्यावश्यक जीवनजल, डाइजिन एन्टीबाइटीक, मेट्रो, कोट्रिन औषधि सकिएको पनि धेरै समय भयो ।
लामो समयदेखि औषधि अभाव भएका बेला स्वास्थ्य संस्थामा आपूर्ति नहुँदा सरकारी अस्पताल, प्राथमिक उपचार केन्द्र, स्वास्थ्य चौकीलगायतका सरकारी स्वास्थ्य संस्था अहिले औषधिबिहीन बनेका हुन् । स्वास्थ्य संस्थामा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् ।
औषधि नपाएपछि उनीहरु निराश बनेर फर्कन बाध्य छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि आपुर्ति गर्ने जिल्ला स्वास्थ्य कार्यालयमा समेत औषधिको मौज्दात सकिएको छ । जसले गर्दा स्वास्थ्य संस्थामा औषधिको आपूर्तिसमेत बन्द भएको स्वास्थ्य कार्यालयको स्टोर फाटले जनाएको छ ।
लामो समयको बन्दले गर्दा केन्द्रिय र क्षेत्रीय मेडिकलले औषधिको आपूर्ति नगरेकोले जिल्लामा औषधिको चरम अभाव नहटेको स्टोरकिपर मेघनाथ खनालले बताउनु भयो । बन्दले गर्दा चालु आर्थिक वर्षको औषधि खरिद सम्बन्धी टेण्डर प्रकृयासमेत ढिलो भएकोले समेत जटिलता थपिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया