सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

न्यूयोर्क – एनआरएन अमेरिकाको निर्वाचनमा ५ जना प्रतिष्पर्धीलाई उछिन्दै अध्यक्ष पदमा डा. केशव पौडेल निर्वाचित भएका छन ।

अध्यक्ष पदमा करिब १० जनाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम समयमा अध्यक्षको दौडमा जम्मा ६ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए ।

मतदान अप्रिल १६ देखि अप्रिल २० तारिख मध्यराती सम्म बिद्युतिय मतदान गरिएको थियो । शनिबार सम्पन्न मत गणना अनुसार डा. पौडेलका निकटतम प्रतिद्वन्दी गणेश कुँवर दोश्रो स्थानमा रहेका थिए ।
डा. पौडेलले आफ्नो चुनाबी अभियानमा अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने प्रतिबध्दता जनाएका थिए ।

यसैगरि वरिष्ठ उपाध्यक्ष पदमा एनआरएन अमेरिकाका महासचिब न्युयोर्कका कृष्ण पोख्रेल बिजयी भएका छन् ।  ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमश न्युयोर्ककि बन्दना कोइराला, बाल्टिमोर कि रबिना थापा, डिल्लीराम भट्टराई र रामचन्द्र पोख्रेल निर्वाचित भएका छन् ।  यसैगरी महासचिबमा तिलबहादुर श्रेष्ठमा बिजयी भएका छन् भने सचिबमा शंकर खड्का, सहसचिवमा संगीता ‘लम्साल’ सिवाकोटी, कोषाध्यक्षमा वेद बस्नेत र सहकोषाध्यक्षमा प्रकाश सापकोटा रहेका छन् ।

सदस्यहरुमा क्रमश गोमा सेन, सूर्य लम्साल, हरिशचन्द्र हमाल, मोहनबहादुर ज्ञवाली, बिनोद तिवारी, शिबराज पौडेल, विष्णुमान प्रधान, गोबिन्द श्रेष्ठ, सतेन्द्र शाह र सुशील रेग्मी बिजयी भएका छन् ।  प्रमुख निर्वाचन संयोजक अधिबक्ता विनोद रोकाको नेतृत्वमा शनिबार न्युयोर्कमा मतगणना सम्पन्न गरिएको थियो । ***

तपाईको प्रतिक्रिया