बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024
logo of MSSटोकियो – नेपाल मगर संघ टोकियो जापानले आउँदो जनवरी १ मा १८ औं लाङ्घाली साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ ।     
नयाँ बर्षको अवसर पारेर हरेक बर्षको जनवरी १ का दिन लाङ्घाली साँझ कार्यक्रमको आयोजना गर्दै आईरहेको नेपाल मगर संघ टोकियो जापानले आउँदो जनवरी १ मा नेपालका चर्चित कलाकारहरु आमन्त्रण गरी लाङ्घाली साँझ कार्यक्रम सम्पन्न गर्ने भएको हो ।
संघको हालै बसेको बैठकले गत बर्षहरुमा झैं यस बर्षपनि नेपालबाट चर्चित कलाकारहरुलाई आमन्त्रण गरी लाङ्घाली साँझ कार्यक्रम भब्यताकासाथ सफल पार्ने निर्णय गरिएको संघका सचिव तोरणबहादुर थापाले समुद्रपारिलाई बताउनुभयो ।
गत बर्ष हास्यकलाकार तक्मे बूढा (विल्सनविक्रम राई) र लोकगायक रामजी खाँडलाई आमन्त्रण गरी १७ औं लाङ्घाली साँझ सम्पन्न गरेको संघले यो बर्ष पनि नेपालबाट चर्चित कलाकारहरु आमन्त्रण गरी कार्यक्रम सम्पन्न गरिने सो सँस्थाका सल्लाहकारसमेत रहेका लाङ्घाली साँझ कार्यक्रमका संयोजक गम जुग्जाली मगरले बताउनुभयो ।
  सन् २०१४ जनवरी १ तारिखका दिन सिन्जुकुस्थित युनिभर्सल स्टुडियोमा हुने १८ औं लाङ्घाली साँझ कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन जापानबासी समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मगर संघ टोकियो जापानले हार्दिक अनुरोध गरेको छ । ***
तपाईको प्रतिक्रिया