Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको संसद्ले कानुनमा एउटा नयाँ विधेयक पारित गरेको छ । जसले सम्बन्धविच्छेद भएका आमाबाबुलाई संयुक्त हिरासतको विकल्पसहित ७७ वर्षमा आमाबाबुको अधिकारसम्बन्धी पहिलो कानुन परिवर्तनलाई सम्बोधन गरेको छ ।

जापानको नागरिक संहिता लगायतका कानुन संशोधन गर्ने विधेयकलाई शुक्रबार जापानी संसद्को माथिल्लो सदनले अनुमोदन गरेको हो । जसले अन्य देशमा व्यापकरूपमा देखिने अभ्याससमेतलाई मार्ग प्रशस्त गरेको छ ।

उक्त कानुन अन्तर्गत, आमाबाबुले सम्बन्धविच्छेद पछि पनि बच्चाहरूको संयुक्त वा एकल हिरासत छनौट गर्ने वा नगर्ने छलफल गर्नेछन् । हालको प्रणाली अन्तरगत जोडीमध्ये कुनै एकलाई मात्र अभिभावकको अधिकार प्रयोग गर्न अनुमति दिइन्छ ।

जापानमा विवाद भएमा पारिवारिक अदालतको सक्रियतामा हिरासत व्यवस्थाको बारेमा निर्णय हुनेछ । घरेलु हिंसा वा कुनै पनि अभिभावकले भोगेका दुव्र्यवहार जन्य मामिलामा, संशोधनअनुसार अन्य अभिभावकलाई एकल हिरासत प्रदान गरिनेछ ।

संशोधित कानुन घोषणाको दुई वर्षभित्र लागु हुनेछ भने पहिले नै सम्बन्धविच्छेद गरिसकेका व्यक्तिमा पूर्वव्यापीरूपमा लागू हुनेछ । -सिन्ह्वा

तपाईको प्रतिक्रिया