Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ । संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन् । मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए ।

आरजुले राजनीतिमा संलग्न नै नभएको आफ्नो छोरा जयवीरलाई किन मुछेको भनेर सोधेकी थिइन् । जवाफमा मनिषले जयवीरले जग्गा किनेको भनेर आएका समाचारतर्फ इंगित गर्दै यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोधेका थिए । आरजुले यस्ता गलत प्रचार नगर्न आग्रह गरिन् । मनिषले भने यदि गलत भए कानुनी उपचारमा जानुस् भन्ने जवाफ फर्काएका थिए ।

त्यसपछि भने आरजु रिसाइन् । उनले यस्तो रबिस (अनावश्यक/ बेकारको) कुरा नगर्नुस् भनेकी थिइन् । एक सांसदका अनुसार मनिषले भने यस्तो भाषा प्रयोग नगर्न आग्रह गरेका थिए । रास्वपा सांसद मनिषले पनि आरजु र आफ्नो सामान्य भनाभन भएको स्वीकार गरे ।

 

तपाईको प्रतिक्रिया