Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउने प्रक्रिया सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। सन्दीपलाई प्रतियोगितामा सहभागी हुन अमेरिका पठाउने विषयमा क्यानले आईसीसीसँग पहल गरिरहेको उनले बताए।

क्यानका सचिव खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ आईसीसी लगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको छ।’

उनले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडि बढाइएको ब्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडि वढाइसकेको ब्यहोरा समेत अवगत गराउन चाहन्छु।’ बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपलाई घरेलु तथा अन्तराष्ट्रिय क्रिकेटमा गरिएको निलम्बन फुकुवा गरिसकेको छ।

 

तपाईको प्रतिक्रिया