बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024
काठमाडौं – गैर आवासीय नेपाली संघको काठमाडौंमा भईरहेको अन्तर्राष्ट्रिय महाधिवेशनले आज टुंगो लगाउने नेतृत्व चयन प्रक्रियामा जापानबाट ५ जना चुनावी मैदानमा उत्रिएका छन् । 
जसमा उपाध्यक्षका लागि भवन भट्ट, सचिवमा डा. सुदिप अधिकारी, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ, एशिया प्यासिफिक संयोजकमा किरणबिक्रम थापा र उपसंयोजकमा रोबिन्द श्रेष्ठको नाम चर्चामा छ ।
एनआरएनको स्थापनाकाल देखि नै महत्वपूर्ण जिम्मेवारी लिंदै अएको जापानले यो पटक कुन कुन जिम्मेवारी बोकेर जापान फ़र्कने हुन त्यो भने हेर्न बांकी छ ।
काठमाडौंको पाँचतारे होटल स्वल्टीमा भईरहेको एनआरएनएको छैठौं ग्लोबल सम्मेलनले आज आगामी दुई बर्षका लागि नेतृत्व चयनको प्रक्रियालाई टुंगो लगाउने भएको छ । अहिलेसम्मको स्थिति हेर्दा सहमतिमा नेतृत्व चयन हुने स्थिति लगभग टरेको गएको देखिए पनि सहमतिका प्रयास भने बिभिन्न ढंगले भईरहेको बुझिएको छ ।  ***
तपाईको प्रतिक्रिया