बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

arunटोकियो-गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका क्रममा जापानमा उद्योग–व्यवसाय संचालन गरिरहनुभएका अरुण कुमार श्रेष्ठले कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

कोषाध्यक्ष पदमा आफनो उम्मेदवारीको औचित्य पुष्टि गर्दै श्रेष्ठले गैरआवासीय नेपाली संघको कोषको पारदर्शिता, कृषिमा आधारित सामूहिक लगानीको प्रर्वद्धन र संरक्षण, सम्पूर्ण एनसीसीसँगको सहकार्य गरी कल्याणकारी कोषको स्थापना तथा संघको भवन निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको सन् २००७–२००९ को कार्यकालमा उपाध्यक्ष र त्यस यता सन् २००९–२०११ र २०११–२०१३ मा गरी २ कार्यकाल आइसीसी सदस्य भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएका श्रेष्ठले आफनो गैरआवासीय नेपाली संघमा रहेर काम गरेको लामो समयको अनुभव र ३ दशक लामो व्यवसायीक दक्षताका कारण संघको कोषाध्यक्ष पदमा रहेर काम गर्ने निर्णय सहित उम्मेदवारी दिएको बताउनुभयो ।

श्रेष्ठद्वा जारी घोषणा पत्रको पूर्णपाठ तस्ताको तस्तैः

आदरणीय साथीहरु,
गैरआवासीय नेपाली संघको छैठौ विश्वसम्मेलनमा भाग लिन विश्वका विभिन्न मुलुकबाट पाल्नुभएका सम्पूर्ण साथीहरुलाई हार्दिक स्वागत टक्राउँदछु । यही सम्मेलनबाट चयन हुन गैरहेको नयाँ नेतृत्वका क्रममा मैले आफुलाई कोषाध्यक्ष पदको उम्मेदवारको रुपमा खडा भएको साथीहरुलाई सुनाउन पाउँदा गौरवान्वित भएको महशुश गरेको छु ।

विश्वभर छरिएर रहेका ३० लाखभन्दा बढी प्रवासी नेपालीहरुको साझा र पवित्र संस्थाकोरुपमा रहेको गैरआवासीय नेपाली संघमा रहेर काम गर्न पाउनु आफैमा गौरबको विषय हो । निष्ठा, इमान्दारीता, विगतका अनुभव तथा गैरआवासीय नेपाली संघप्रतिको लगावलाई आगामी दिनमा पनि निरन्तरता दिंदै आम साथीहरुको भावनाको बीचमा रहेर काम गर्ने अठोटका साथ नै यस पटक कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । आशा छ, साथीहरुले यसलाई सहर्ष स्वीकारेर जिम्मेवारी वहनको अवसर दिनुहुनेछ ।

साथीहरु गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान स्थापना भएसँगै सक्रिय सदस्य भएर काम गरेको तथा सन् २००७ मा उपाध्यक्ष जस्तो गहण जिम्मेवारीपूर्ण पदकोसमेत भूमिका मैले निर्वाह गरिसकेको छु । त्यसपश्चात लगातार २ कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को सदस्यको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसकेको छु । यीनै अनुभव तथा आफनो ३ दशकभन्दा बढीको व्यवसायीक कार्यकुशलताको प्रयोग गर्दै गैरआवासीय नेपाली संघको कोषाध्यक्ष पदलाई पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्ने अठोटका साथ उम्मेदवारी दिएको प्रतिवद्धता जाहेर गर्छु ।

साथीहरु गैरआवासीय नेपाली संघको कोषाध्यक्ष पदमा रहेर संघलाई आर्थिकरुपमा बलियो र समृद्ध मुलुक निर्माणमा पहलकदमी भूमिका निर्वाह गर्नु मेरो मुल एजेण्डा हो । कोषाध्यक्ष पदसँग सम्वन्धित मेरा प्रतिवद्धता तथा एजेण्डाहरुलाई बुँदागतरुपमा तल उल्लेख गर्ने कोशिश गरेको छु । यसका अलवा संघले उठाउँदै आएका अन्य विविध विषयहरुमा पनि दत्तचित्त भएर इमान्दारीतापूर्वक जिम्मेवारी वहन गर्ने प्रतिवद्धता यहाँहरुलाई अवगत गराउन चाहन्छु ।

मेरा प्रतिवद्धता  

१. आर्थिक पारदर्शिता र मजवुदीः गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको आर्थिक कारोवारलाई पारदर्शी, व्यवस्थित र मजवुद बनाउने कार्यलाई उच्च प्राथमिकता दिनेछु । साथै प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई गैरआवासीय नेपाली संघमा आवद्ध गराउन हाल संघले चालिरहेको कदमलाई अझ प्रभावकारी र सुदृढ ढंगमा अघि बढाउने पहल गर्नमा जोड दिनेछु ।
२. सामूहिक लगानीमा जोडः गैरआवासीय नेपाली संघको समृद्ध मुलुक निर्माणको अभियान स्वरुप आरम्भ भएको सामूहिक लगानीको अवधारणालाई अझ मजवुद ढंगले उठाउँदै धेरैभन्दा धेरै प्रतिफल र रोजगारी सिर्जना गर्नसक्ने उद्योगधन्दाको पहिचान गरी यसलाई अझ वृहत बनाउन लाग्नेछु । सामूहिक लगानीलाई अझ वृहत बनाउन कम आय भएका गैरआवासीय नेपालीहरुलाई उच्च प्राथमिकता दिदै उहाँहरुको संलग्नतालाई वृहत बनाउदै लैजाने र एनआरएनप्रति कम मनोबल भएका साथीहरुलाई समेत यसमा समेटने वातावरण निर्माण गर्नेछु ।
३. कृषि केन्द्रित लगानीः संघको सामुहिक लगानी अन्तर्गतको अभियानमा पहिलो चरणमा हाइड्रोपावर प्राथमिकतामा परेपनि देशको उद्योगधन्दा संचालनको लागी अतिआवश्यक पर्ने कृषिजन्य उत्पादनहरुको वैज्ञानिक र आधुनिक कृषिप्रणालीलाई आर्थिक मेरुदण्डको रुपमा विकास गर्ने र यसप्रतिको लगानीलाई प्राथमिकताका साथ अगाडि बढाउनेमा जोड दिनेछु । विशेष गरी सानो लगानीमा उच्च प्रतिफल प्राप्त हुन सक्ने कृषि क्षेत्रलाई आधुनिकीकरण गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन पहल गर्नेछु ।
४. कल्याणकारी कोष स्थापनाः अहिले प्रवासमा रहेका गैरआवासीय नेपालीहरु कुनै समस्यामा पर्दा होस या विपत्तिमा पर्दा चन्दा उठाएर उद्दार गर्ने परिपाटी चल्दै आएको छ । अबका दिनमा यसलाई व्यवस्थित बनाउदै लैजान आइसीसीको अग्रसरतामा प्रत्येक एनसीसीको छुट्टै कल्याणकारी कोष निर्माण गर्ने कामलाई प्राथमिकता दिनेछु ।
५. संघको दर्ता र भवन निर्माणः स्थापनाको एक दशक वितिसक्दा पनि संघको सचिवालयको आफ्नै भवन निर्माण हुन सकेको छैन् । यदी म निर्वाचित भएर आएको खण्डमा सचिवालयको आफनै भवन निर्माण र दर्ता गर्ने कार्यलाई तिब्रताका साथ अघि बढाउने प्रतिवद्धता गर्दै सम्वन्धित सरकारी निकायहरुमा विशेष पहल गर्ने बाचा गर्नेछु ।

कोषाध्यक्ष पदका उम्मेदवार
अरुण कुमार श्रेष्ठ

सम्पर्कः
९८०१०–८०१११ (नेपाल)
०८१–९०७२–४६२–५०० (जापान)

तपाईको प्रतिक्रिया