मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

बिना रक्तपात नेपालमा राजतन्त्रको अन्त

टोकियो – ‘आमा भन्नुहुन्छ आगोसंग खेल्नुहुदैन, बाबा सम्झाउनुहुन्छ आगोसंग खेल्नुहुदैन, मलाई पनि आगोसंग खेल्न मन पटक्कै छैन तर म के गरुँ आगो नै मसंग खेल्न आउँछ’
एकजना भारतीय कवयत्रीको कविताको यो हरफमा भनिएजस्तै हामीले आफै हतियार उठाएका हैनौ,  तत्कालिन शासकहरुद्वारा हतियार हामीबिरुध्द उठाईयो, हामीसंग हतियार पनि थिएन न त कारखाना नै थियो, सुदुरबस्तीका नेपाली जनताका आधारभूत आवश्यकताको सम्बोधन गरियोस् भनि तत्कालिन शासकहरुसंग माग राख्दा गिरिजाप्रसादहरुले त्यसको जबाफ गोलीले दिए, उनीहरुले गोली हानेर झ्यालबाट मान्छे खसाले अनि हामी पनि बाध्य भएर हतियार उठाएका हौं, उनैका हतियार खोसेर हामी प्रतिबाद मात्र गरेका हौं, नत्र युद्ध गर्न हाम्रो रहर थिएन न त युद्धका लागि हामीसंग साधन र श्रोत नै थियो हामीलाई थाहा छ युद्ध सबैभन्दा महंगो हुन्छ । त्यसपछि सुरु भएको त्यहि १० बर्षको जनयुद्धले निर्माण गरेको चेतनाको मुलजगमा नेपालमा गणतन्त्रको स्थापना भएको हो अर्थात बिना रक्तपात राजतन्त्रको अन्त भयो नेपालमा । गणतन्त्र काँग्रेस र एमालेको एजेण्डा थिएन । उनीहरु पछि गणतन्त्रमा राजी हुन आएका हुन् । नत्र उनीहरु संबैधानिक राजतन्त्रसहितको संसदीय ब्यवस्था चाहन्थे ।
Ram Karki 1
बिदेशमा सानो नेपाल बनाउन कहलिएको जात नेपाली

बिदेशिएका नेपालीहरु जतिनै धनि भएपनि स्वयम ब्यक्तिका लागि मात्र हुने भएकोले देशका लागि पनि केहि हुनका लागि उनीहरुको भूमिका स्वदेशमा कोरिनु आवश्यक छ, हाम्रो परिचय देशमै छोडेर आएका हुन्छौ त्यसैले त एकैछिन निद्राले आँखा झिमिक्क पर्दा पनि हामी नेपालमै पुग्छौ यहाँ त हाम्रो केहि परिचय छ भने केवल हरियो पासपोर्टको छ, त्यसैले देशप्रतिको दायित्व हामीले बिर्सनु हुँदैन, हाम्रो मुलजरो उतै छ । हामी नेपालीहरु बिदेशमा सानो नेपाल बनाउन कहलिएको जात हौं, जहाँ गएपनि उनीहरु आपसमा मिलेर-जुटेर कुनै न कुनै क्रियाकलापमा क्रियाशील हुन्छन् आफ्नो भाषा, साहित्य र कला कौशलका लागि यो राम्रो कुरा हो यद्यपि हामी जहाँ रहन्छौ त्यहिको नागरिकसहरको सोंच बनाउन पनि आवश्यक छ ।

एनआरएनले पुरस्कारको ब्यवस्था गर्नुपर्छ
डायस्पोराका नेपालीहरुले आफ्नो काम फत्ते गर्न सिधै शक्ति र सत्ताको वरिपरि धाउने प्रबृत्ति भन्दा मिहिनेती, इमान्दार, उद्यमी वा राष्ट्रसेवकलाई पुरस्कृत गर्ने ब्यवस्था गरेमा राम्रा मान्छेहरुले अझ राम्रो काम गर्नका लागि प्रोत्साहन मिल्नुका साथै नेपाली जनतामा एनआरएन बारे राम्रो सन्देश जान्छ ।

 हामी नै ठूलो पार्टी हुन्छौ, कम नआँक्नुहोला
देश संबिधान सभाको निर्बाचनमा होमिएको छ, तोकिएको मितिमै निर्बाचन हुन्छ र हुनुपर्छ । हाम्रो देशैभरी गरेर २५ हजार भन्दा बढि संगठन छन् गाउँदेखि केन्द्रसम्म र केन्द्रदेखि गाउँसम्मका हाम्रा कार्यकर्ताहरु चुनावी माहौलमा होमिएका छन् नेपाली जनता परिवर्तनको पक्षमा छन् परिबर्तनको संबाहक शक्ति नेपालमा कोही छ भने हामी नै हौं भन्ने प्रमाणित भईसकेको छ त्यो नेपाली जनतालाई राम्रोसंग थाहा छ, त्यसैले संबिधान सभाको दोश्रो निर्बाचनमा पनि हामी नै ठूलो पार्टी बनेर आउँछौ हामीलाई कम आंकलन नगर्नुहोला ।

यो अस्थायी फूट हो, बिभाजनको औचित्य साबित भएको छैन
मोहन वैद्यजीहरु अहिले निर्बाचनको बिरोध गरिरहनु भएको छ, निर्बाचन हुन नदिने भन्नुको अर्थ हिंसामा जानु नै हो, त्यो अहिले संभव छैन । चुनावमा जान पनि उहाँहरुलाई असजिलो छ । अहिलेसम्म उहाँहरुले बिभाजनको औचित्य साबित गर्न सक्नुभएको छैन । ढिलोचाँडो पार्टी एकता हुनुको बिकल्प छैन । त्यसैले यो फूट अस्थायी मात्र हो ।

भाषाले  नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गर्छ
भाषाले एउटा पुस्ताबाट अर्को पुस्तामा हाम्रो सँस्कृति हस्तान्तरण गरेको हुन्छ । हाम्रो देशमा बोलिने सबै भाषाहरु हाम्रो सम्पत्ति हो । यिनीहरुको जगेर्ना गर्नुपर्दछ । नेपालका सबै फूलहरु राष्ट्रिय एकताको एउटै मालामा उनिनुपर्दछ । हाम्रा विविधता र सम्पदालाई जोगाउन यिनै भाषाहरुको जरुरत पर्दछ । अर्को कुरा हाम्रो भाषामा क्लालिटी पनि छ ।

माथिका भनाईहरु नेपाली जनप्रगतिशील मोर्चा जापानको आइतबार भएको चौथो अधिवेशन समारोहमा प्रमुख अतिथिको आसनबाट एनेकपा माओबादीका नेता तथा अन्तर्राष्ट्रिय ब्यूरो ईञ्चार्ज राम कार्की ‘पार्थ’ ले बताउनुभएको हो ।
Belu Jee 2मोर्चाका अध्यक्ष बेलु थापाको अध्यक्षतामा भएको चौथो अधिवेशन समारोहमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन आईसीसी कोषाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्ले, नेपाली जनसम्पर्क समिति जापानका तदर्थ समितिका अध्यक्ष भूपिगोविन्द श्रेष्ठ, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचन, नेपाली जनप्रगतिशील मञ्चका महासचिव रविन्द्र श्रेष्ठलगायतका महानुभावहरुले शुभकामना मन्तब्य राखेका थिए ।

अधिवेशन समारोहमा अरुणकुमार श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको घोषणा गरिएको थियो । यसैगरी समारोहमा चर्चित गायक बिलन थापा मगर र गायिका मीना लामाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा महासचिव डा. भूपालमान श्रेष्ठको सञ्चालन रहेको थियो । ***

 

Bhupi G ShresthaEmbassadorRam k 3
Om Grng Jee

Adhikari Lok Nath

Mass 4

 

 

 

 

 

 
Mass 3

Mass 1

तपाईको प्रतिक्रिया