मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

Thasesa_logoटोकियो-विगतका वर्षहरूमा झैं यस वर्ष पनि थकाली सेवा समाज, जापानको समर वार्वेक्यू (बनभोज) कार्यक्रम सम्पन्न भएको छ ।

टोकियोको युमेनोसिमा कोएन नामक समुद्रितट नजिकको हरियाली र मनोरम स्थलमा बनभोज कार्यक्रम आयोजना गरिएको थियो । करीव तीन सय ५० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा संयोजक अनिल भट्टचनले स्वागत गर्दै कार्यक्रम शुरू गरेका थिए । कार्यक्रममा विविध खालका मनोरन्जनात्मक खेलहरू पनि खेलाइएको थियो । जस अन्तर्गत वेलुन फुक्ने खेलमा पुरूष, महिला र बालबालिकाहरूलाइ सहभागिता गराइएको थियो । त्यसैगरी बिन्गो खेलमा पनि अधिकांश उपस्थितहरूले सहभागिता जनाइ भरपुर आनन्द लिएका थिए ।

वेलुन फुक्ने खेलमा पुरूषतर्फ श्रवण सत्याल, एमोन शेरचन क्रमश प्रथम र दोस्रा भएका थिए । महिलातर्फ भियातनामी च्यान प्रथम, युको ओकामोतो मल्ल दोस्रा भएका थिए । वालवालिकाहरूको तर्फबाट समिप गौचन र कृष शेरचन क्रमश: प्रथम र दोस्रा भएका थिए । बेलुन फुक्ने गेममा निर्धारित समयमा नफुटाईकन सबभन्दा ठूलो जसले बनाउन सक्छ उहि नै बिजेता हुने नियम थियो ।

त्यसैगरी बिन्गो खेलमा भने फुल हाउसमा कला भट्टचन र  बिनिता शेरचन, कुईक फाईभमा रचना शेरचन, फोर कर्नरमा सलिना तुलाचन, फस्ट कोलम, सेकेन्ड कोलम, थर्ड कोलम, फोर्थ कोलम, फिफ्थ कोलममा क्रमश: मिरा गौचन, अनिता गुरुङ, जीवन भट्टचन, नारायण तिवारी, हरि पाण्डे, बिजय शेरचनले जित हात पार्न सफल भएका थिए । त्यसैगरी नामावली दर्ता अनुरुप गोलाप्रथाद्धारा भाग्यशाली राफल चिठ्ठा स्वरुप ६ जनालाई आउँदो अगस्त ११ तारीखमा हुन गईरहेको १७ रोधीं साँझको प्रवेश शुल्क छुट पाउने टिकट तानिएकोमा घनश्याम भट्टचन, बिराज बानिया, बिष्णु थकाली, महेन्द्र शेरचन, सन्तोष शेरचन र बुद्धि गौचनले उत्त भाग्यसाली टिकट हात पार्न सफल भएका थिए ।
नेपाल तथा जापानी समेतको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमलाई अन्तमा संस्थाका अध्यक्ष शरद कुमार गौचनले आर्थिक प्रायोजन गर्नुहुने प्रभु मनि ट्रान्सफर(जेआरएफ), ६० लिटर बियर सहित अन्य कुराको प्रायोजन गर्नहुने संस्थाकै सदस्य तथा जापानकै प्रतिस्थित ब्यबसायी रविन्द्र शेरचन, भुटुवा, बिफ, किमुचि, सस् आदि थुप्रै खाध्य पदार्थहरुको सहयोगी संस्थाकै सल्लाहाकार दिपक भट्टचन, १७ औं रोधीं साँझको निशुल्क टिकट उपलब्ध गराउनुहुने सहयात्री संस्था तमु धीं जापान तथा बिभिन्न थरीका मिठो अचार लगायत थुप्रै  थकाली परिकार बनाएर ल्याउनुहुने संस्थाका सदस्यहरु क्रमश: मोचिजुकि कियोहिको तथा शोभा खडका, यसोदा गौचन, उषा तुलाचन, हिक्मत शेरचन र जिता शेरचनलाई बिशेष धन्यबाद दिनु भएको थियो ।

साथै अध्यक्ष गौचनले सम्पूर्ण खेलकुदहरुका बिजेता तथा भाग्यशाली ब्यक्तित्वहरुलाई नगद पुरस्कार तथा अन्य आकर्षित पुरस्कारहरु पनि बितरण गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने कार्यक्रमका संयोजक, सहसंयोजक तथा अन्य सम्पूर्ण सहयोगि मित्रहरु एवं आम सहभागी महानुभावहरुलाई  धन्यबाद दिदै फेरि अर्को बर्ष यहि स्थलमा पुन भेट्ने बाचा कवुल सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

स्मरण रहोस, कार्यक्रममा परिवारसहित प्रमुख अतिथिको रुपमा जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराई, बिशेष अतिथिमा एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष भवन भट्ट तथा अन्य अतिथिहरुमा एनआरएन जापान अध्यक्ष ओम गुरुङ, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचन,  एनआरएन कान्तो क्षेत्रका निवर्तमान संयोजक श्रवण सत्याल, मगर सेवा समिति जापानका अध्यक्ष शैलेन्द्र विक्रम थापा, तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ, शेर्पा संघ जापानका अध्यक्ष ल्हाक्पा गेलु शेर्पा, तामाङ समाज जापान उपाध्यक्ष मंगल तामाङ, मनाङ सोसाईटि जापानका अध्यक्ष पेम्वा लामा, नेपाल जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष भुपि गोविन्द श्रेष्ठ, माया नेपाली संगीत संस्था जापानका अध्यक्ष ओकामोतो युको मल्ल, वुईफर अल जापानका अध्यक्ष सरोज खत्री, नेपालजापान युथ क्लव जापानका अध्यक्ष तासी लामा, गोर्खाली समाज जापानका अध्यक्ष कृष्ण घले लगायत अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु र बिशिष्ट ब्यत्तित्वहरुको सहभागिता रहेको थियो ।

उपस्थितहरूलाइ डिजे राजु शेरचनको संगितले नचाउनुका साथै भरिपुर मनोरञ्जन दिलाएको थियो  । कार्यक्रम तथा विविध खेलकुद सहितको सम्पुर्ण कार्यक्रमको संचालन थसेसका उपाध्यक्ष दिपक गौचनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया