मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

work-toorटोकियो – बुद्ध नेपालमा जन्मेका हुन भन्ने प्रचार प्रसार गर्ने उद्देश्यले १७ किलोको वुद्धको मूर्तिसहित विश्व शान्तियात्रामा निस्केका नेपाली युवाहरूले टोकियोको सिवुया हाचिको पार्क नजिकै रहेको ४ लाख भन्दा बढीले दैनिक बाटो काट्ने जेब्रा क्रसिङ्गको अगाडि बुद्द नेपालमा जन्मेको व्यानर सहित वुद्दको मूर्ति लिएर प्रचारप्रसार गरे । म्याग्दी राखुका बिनोद शर्मा र चितवन पर्सा खैरेनीका सरोज अर्याललाई हङकङदेखि ख्यातीप्राप्त तबलाबादक हरि श्रेष्ठले पनि साथ दिएका छन् ।  उनीहरू पिस टुरमा निस्केको २ महिनापछि अहिले जापान आईपुगेका हुन् । एनआरएन जापानको सहयोग तथा संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । जापानमा रहेको विभिन्न संघसंस्थाका प्रतिनिधीहरू, विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपालीहरूको पनि उपस्थिति रहेको थियो । उनीहरू जापानबाट कोरिया जाने योजना रहेको कुरा यात्रामा सहभागी मध्येका एकले समुद्रपारिलाइ बताए ।pt1 pt2 pt3 pt4

तपाईको प्रतिक्रिया