आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
टोकियो–जापानको उत्तर–पूर्वी टोहोकु र होक्काइदो क्षेत्रमा हिमआँधीबाट छ व्यक्तिको मृत्यु भएको समाचार छ  ।
होक्काइदोको नाकासिबेत्सुमा सो हिमआँधीबाट एक महिला र उनका तीन बालबालिकाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
सो हिमआँधीबाट अन्य एक ५३ वर्षीय पुरुष र अर्का एक  व्यक्तिको मृत्यु भएको क्योदो समाचार समितिले जनाएको छ । यस घटनाबाट घाइते भने नभएको जनाइएको छ ।
यसैबीच जापानका प्रधानमन्त्री सिन्जो ओबेले प्रकोप व्यवस्थापन राज्यमन्त्री केइजी फुरुयालाई यस घटनाबाट भएको क्षती, यातायात व्यवस्थालगायत स्थानीय बासिन्दाको अवस्थाबारे अवलोकन गर्न आदेश दिनुभएको छ ।
तपाईको प्रतिक्रिया