आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

 

टोकियो・नेपाली काँग्रेसको विदेशस्थित भातृ संगठन नेपाली जनसर्म्पर्क समिति जापानको क्यूशु फुकुओकामा गठित क्षेत्रीय कमिटी क्यूशु फुकुओका क्षेत्रको अधिवेशन तयारी पूरा भएको क्यूशु शाखाका अध्यक्ष वद्री पौडेलले जानकारी गराउनुभएको छ ।

मार्च २ तारिखका दिन हुने अधिवेशन फुकुओका सी च्यूओ कु आकासामा रहेको इण्डियन नेपाली रेष्टुरेन्ट एभरेष्ट किचनको हलमा हुन गईरहेको छ ।

क्यूशु क्षेत्रमा पर्ने फुकुओका, सागा, नागासाकी, ओइटा, कुमामोतो, मियाजाकी, खागोसिमा र ओकिनावा क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण प्रजातन्त्रप्रेमी इच्छुक साथीहरुले संस्थाको साधारण सदस्यता लिनको लागि तथा नवीकरण गर्नु हुनको लागि क्यूशु क्षेत्रकोतर्फबाट हार्दिक आव्हृान गरिएको छ । साथै उक्त क्षेत्रीय अधिवेशनका लागी क्यूशु क्षेत्रमा रहनुभएका नेपाली काँग्रेसप्रति आस्था राख्ने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उत्साहजनक सहभागिताका लागि नेपाली जनसम्पर्क समिति जापानको क्यूशु क्षेत्रको तर्फबाट हार्दिक आह्वान गरिएको छ ।

कार्यक्रमवारे जानकारी

मिति: ०२  मार्च २०१३

समयः दिउँसो ६:०० बजेवाट

स्थान :फुकुओका सी च्युओकु आकासाका १-९-१ फोन नम्बर: ०९२-७२१-५५०३

कार्यक्रम सम्बन्धी थप जानकारीका लागिः

बद्री पौडेल ०८०-३९७३-४४३०

भरत गौतम ०८०-४२८०-३८४३

योगेश कार्की ०९०-१९२७-४८६३

रहनुभएको छ । ***

तपाईको प्रतिक्रिया