सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

IMG_0581टोकियो-फेव्रुअरी १७ तारिखका दिन जापानमा हुन लागेको लालिगुराँस नाइटको सम्पूर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।
कम्पाई रेष्टुरेन्टमा सोमवार आयोजित एक कार्यक्रममा आयोजक समितिले उक्त कुरा घोषणा गरेको हो ।
कार्यक्रमको लागि कलाकारहरुको भिषा सम्वन्धि प्रक्रिया सबै पूरा भई सकेको र उनीहरु चाइनिज नयाँ वर्षको उपलक्ष्यमा फेव्रुअरी १२ तारीख हङकङमा हुने “लालिगुराँस नाइट”मा सहभागी भई १५ तारिख फेव्रुअरिमा सीधै जापान आउने कार्यक्रम रहेको छ ।
IMG_0579
कार्यक्रममा 1974 AD का कलाकारहरु एड्रियन  प्रधान, मनोज के.सी., निराकर याकतुम्बा र सञ्जय श्रेष्ठका साथ अन्य कलाकारहरुमा केदार धिमिरे (माग्ने बुढा), विल्सनविक्रम राई (तक्मे बुढा) को प्रस्तुतीहरु हुनेछन् । साथै स्पाइन क्रु टुइन्सको बि बोइ नृत्य प्रस्तुती पनि रहने कार्यक्रम छ ।

विगतका दिनहरुमा “लालि गुराँस नाइट” कार्यक्रम अन्य राष्ट्रहरुमा सफलताका साथ सम्पन्न भईसकेको छ । हङ्गकङ्गमा यो कार्यक्रम ९ औं पटक हुन गईरहेको छ भने यस अघि नेपाल, अष्ट्रेलिया र यु.के. मा सफलताका साथ सम्पन्न भएको थियो ।***

तपाईको प्रतिक्रिया