सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

कान्तो–एनआरएन कान्तो क्षेत्रीय कमिटीले पंजीकृत र साधारण सदस्यले उपभोग गर्ने गरी राहत कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
फेब्रुअरी ९ तारिख शनिवारका दिन कान्तोमा कार्यसमिति संयोजक श्रवण सत्यालको अध्यक्षतामा बसेको सातौँ नियमित बैठकले लामो समयदेखि विचाराधीन रहेका प्रस्तावहरुलार्इ पंजीकृत र साधारण सदस्यले उपभोग गर्ने गरी राहत दिने निर्णय गरेको हो ।

एनआरएन कन्तोका सचिब बुद्धि राज घिमिरेले शनिवार जारी गरेको विज्ञप्तिमा अघिल्लो बैठकका निर्णयको कार्यन्वयन पछिको रिपोटिंग र समिक्षा गर्दै शुरु भएको बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।

वैठकले एनआरएन कान्तोका कुनै पनि सदस्य बिरामी भर्इ जापानमा नै उपचार गर्नु परेको खण्डमा विल खर्च १५ मान भन्दा बढी भएमा, निजको विल भरपाई हेरी ५ मानसम्म सहयोग गर्ने, सदस्यको जापानमा नै मृत्यु भएमा निजको परिवारले प्रत्यक्ष सहयोग उपभोग गर्ने गरी १० मान सम्म सहयोग गर्ने, महिला सदस्यको हकमा जापानमा नै सुत्केरी भएमा निजलाई तीन मानसम्म सहयोय गर्ने, विद्यार्थीको हकमा जापानबाटै बिद्याबारिधी (पिएचडी ) गरेमा कान्तोको अधिबेशनमा सम्मान गर्ने
र जापानमा रहेका विभिन्न समाजसेवी मध्येबाट ५ जना उत्कृष्ठ व्यक्तित्वहरूलाइ कान्तोको अधिवेशनमा सम्मान गर्ने निर्णय गरेको छ ।

वैठकले २०१२ नोवेम्बर २४ मा एनआरएन केन्द्रको नागोयामा सम्पन्न बार्षिक साधारणसभा एतिहासिक भएको र उक्त सभामा क्षेत्रिय समितिहरुलाई समेत समेटी
साधारण सभामा क्षेत्रिय प्रगति प्रतिवेदन पेश गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेको छ । बैठकले एनआरएन जापानको पंजीकृत वा
साधारण सदस्य लिएका तर नबिकरण गर्न बाँकी सदस्यले नबिकरण गर्न र लिन बाँकी नेपाली दाजुभाई-दिदी बहिनीहरुले कान्तो क्षेत्रिय कमिटीसंग सम्पर्क
गरी सदस्य बन्न हार्दिक अपिल गर्दै केन्द्रमा रहेका परिचय पत्र बुझिलिनु हुन समेत अनुरोध गरेको छ ।

बैठकले एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग जापान बार एसोसियसनको अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कारबाट सम्मानित हुनु
भएकोमा उहाँलाई हार्दिक बधाई दिदै अझै अन्य यस्ता नेपाली सपुतहरुको कान्तो क्षेत्र अपेक्षित रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ–
जापानमा रहेर समस्त नेपालीहरुको दु:ख, सु:खमा साथ दिंदै आर्थिक, भौतिक, नैतिक, समाजिक साथै नेपाली एकतालाई अझै मजबुत एवम् सुदृढ
गर्न यहाँहरूले खेल्नु भएको रचनात्मक भूमिकाप्रति सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार ब्यक्त गर्दछौँ ।***

तपाईको प्रतिक्रिया