नेपाली समाज यतिबेला तिव्र सामाजिक एवं आर्थिक अन्तरविरोधहरुले जकडिएको छ । यथास्थितिवादी शक्तिहरुको बीच इतिहासको गतिलाई रोक्न सकिन्छ कि भनेर मोर्चाबन्दी गर्ने क्रम पनि सुरू भएको छ ।
संविधानवादका जुनसुकै पण्डितले जे भने पनि के चाहिं सत्य हो भने यो मुलुकमा यति बेला न त राष्ट्रपति संवैधानिक छन, न त यो सरकार नै जे छन दुवै उस्तै छन । कसैले मानिदिँदा यी संवैधानिक हुने र नमानीदिँदा असंवैधानिक हुने होइनन जो छन् दुवै बराबरी छन ।
राजनीतिका खेलाडी राष्ट्रपति रामवरण यादवले गरेका दुईवटा कामले निकै चर्चा बटुलेको छ यो मुलुकमा मुख्यत बाबुराम सरकारले कुनै लोकप्रिय बन्ने प्रस्ताव ल्याउन पाएन यस आर्थिक वर्षमा विकास निर्माणका कुनै नयाँ काम गर्न पाए न त जनता समक्ष लोकप्रियता नै अन्तत भुलभुलैयामा सरकारलाई राखी बाँकी अवधि सरकार चलाउन सकिनेगरी बजेट अध्यादेश ल्याउन स्विकृति पनि गरिदिए ।
अब परिस्थिति के मा आएर अड्कियो भने यो सरकार न त निर्बाचन गर्न सक्ने न त कामै गर्न सक्ने । आरोप लगाउन पाइने राम्रै मौका मिलेको छ। यिनै परिबेश भित्रबाट निस्किएको राग अहिलेसम्म नेपाली कांग्रेसका तर्फबाट दुईवटा कुरा सार्वजनिक भएका छन । एउटा, लोकतन्त्रसँग प्रधानमन्त्रीको पद साटिन्न । अर्कोचाहिं ताजा जनादेशमा जाने भएपछि पुरानो संविधानसभाका मस्यौदा या राजनीतिक सहमति नयाँ संविधानसभालाई सिङ्गो रूपमा भिराउन सकिन्न पुरानो सबै सकियो । चुनाब नै नयाँ बिकल्प हो । चुरो यहि हो बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड । यथास्थितिवादी शक्तिहरुको बीच इतिहासको गति अझै पनि कतिसम्म छ ।
परिबर्तनका नयाँ प्रधानमन्त्री ठोस प्रस्ताव विनाका सुशील कोइराला नेपाली कांग्रेसभित्र त स्विकार होला, तर त्यसले राज्य सञ्चालन गर्ला कदापी गर्दैन । यसरी विना तर्क, विना वैकल्पिक प्रस्ताव र विना तयारीको प्रधानमन्त्री परिवर्तनले मुलुकलाई निकास दिँदैन । भाले नलागेको अण्डा र कार्यक्रमिक विकल्प विनाको प्रधानमन्त्री उस्तै हुन, चल्ला पार्दैनन ।
जनतालाई विश्वासमा लिने हो भने पनि प्रधानमन्त्री हुनेसँग प्रस्ट प्रस्ताव र विचार भएकै हुनुपर्छ । नेपाली राजनीतिको अहिलेको विवाद र समस्या केवल प्रधानमन्त्री को हुने या कसको नेतृत्वमा सरकार बनाउने भन्नेमात्र होइन होला । कांग्रेसले उम्मेदवार तोक्ने, एमालेले समर्थन गर्ने सुशीलले दौरासुरुवाल लगाएर शीतल निवास पुग्ने, बाँकी राजनीतिका कार्यसूची तयार पारेर त्यसमा आफ्नो औंठाछाप लगाएर प्रधानमन्त्री बनाइदिने कामचाहिं नहोस।
संसदबाट बहुमत प्राप्त सरकार छाडेर खुरुक्क बाहिरिँदा अवैधानिक बाटोबाट सरकारको नेतृत्व गर्न पाउने व्यक्ति या शक्तिले निर्वाचनको कार्यसूची पछाडि धकेलेर निरन्तर दमनमा उत्रनसक्ने सम्भावना समेत रहने अनौठो चेपुवामा सरकारको गठबन्धन पुगेको छ । अन्तत: यसले परिवर्तनकर्मी आम उत्पीडित र सीमान्तकृत समुदाय तथा श्रमिक वर्ग निराश साथै विभाजित र असंगठित हुनपुगेको छ । यसले सरासर के जनाउछ भने अहिलेसम्म पाएका अधिकार गुम्ने निश्चित जस्तो देखिन्छ ।
माओवादीले प्रधानमन्त्रीको कुर्सी ससम्मान उनीहरुको आदेशानुसार हस्तान्तरण नगरेकोमा सहमतिको एक नम्बर विरोधी एनेकपा माओवादी हो, सर्वसत्तावादी हो, नालायक बावुरामलाई सरकारमा वस्ने नैतिकता छैन, आन्दोलनको बलमा कुर्सीवाट गलहत्याउंछौं, कुर्सीको भोको वावुराम बवुरो, एमाओवादीले गैरकानूनी ढंगले सत्ता कब्जा ग-यो, यसलाई सर्वत्र वहिस्कार गर्नुपर्छ भनेर कोकोहोलो मच्चईरहेका छन। के यो मुलुकलाई बाबुराम भट्टराईको ठाउँमा सुशील कोइराला प्रधानमन्त्री भए पुग्छ ? हिजोसम्म टुक्रे होइन, प्याकेजमा सहमति हुनुपर्छ भनेर माग गर्ने प्रतिपक्षी नेपाली कांग्रेस र एमालेको प्याकेज आज कहाँ हरायो ? एमाओवादीले अघि सारेको प्याकेजमा चित्त बुँझ्दैन भने बैकल्पिक प्याकेज खोई ?
जरो गाडेर बसेको दलाल एवम् नोकरशाही वर्गले भएभरको बल लगाइरहेको छ यथाशिघ्र परिस्थितिको गम्भीर विश्लेषण गरी हदसम्मको लचिलो बन्न सक्ने र हदसम्मको कठोर पनि बन्नसक्ने खुबी भएका नेताहरू धेरै कम भएको यस मुलुकमा बिरलै देखिने खुबी भएका राजनेता नेपाली क्रान्तिलाई विनादुर्घटना विकास गरेर लैजाने एक मात्र नेतृत्वकर्ता क. प्रचण्ड नै देखिनुभएको छ र अबका दिनमा पनि उहाँको विकल्प दिन सक्ने अरू पैदा भएको देखिन्न ।
एकीकृत नेकपा माओवादी अहिले सबै प्रकारका प्रतिगामी एवम् परिवर्तन विरोधीहरुको घेराबन्दीमा परेको छ । ठोस परिस्थितिमा ठोस निर्णय गर्न नसके इतिहासमा एकृकित नेकपा माओबादीका कमरेडहरु पनि असफल ठहरिने छन।
जनताले कम्युनिस्ट नाम भएकाहरूका पक्षमा धेरै पटक समर्थन र अमुल्य मत दिएका छन । अब जनताले मात्र कति दिइरहने ? अब त सांचो कम्युनिस्ट पार्टीको उदयसंगै बृहत् वाम एकताका साथ जनतालाई दिने बेला भएको छ ।
राप्रपादेखि अति क्रान्तिकारी भन्नेहरुको संयुक्त मोर्चा निर्माण भएको लाजमर्दो अबस्था सिर्जना भएको छ । यही जटिल परिस्थितिमा गोल हान्न सकियो भने सफलताको निकट पुगिन्छ भन्ने यथास्थितिवादी दक्षिणपन्थीहरु र आफुलाई अतिकान्तिकारी भन्नेहरुको सोचाइ छ ।
केही ठूला मिडिया सञ्चार जगत साथै नागरिक समाज पनि जानी नजानी षड्यन्त्रमा फसेको महसुस भैरहेको छ । अबश्य पनि यस क्षेत्रमा लागेका देशको जिम्मेवार र संबेदनशील क्षेत्रका व्यक्तिहरुका नयाँ नेपाल परिबर्तनशील नेपाली जनताका भाबनालाइ भित्रैदेखि महशुस गरी कुनै किसिमको कुठारघात गर्ने छैनन भन्नेमा जनता बिस्वस्त छन तर पनि शंका उतिकै उब्जिएको छ । ***