Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

भनिन्छ, राजनीति सेवा हो, समाजमा सेबाको भाबनाले ओतप्रोत भएर मानिस राजनीतिमा होमिन्छ, राजनीतिलाई समाजसेबाको एउटा माध्यम बनाउछ, उसले जनता र देशलाई आफ्नो सम्पूर्ण सम्पत्ति सम्झन्छ, जनता धनि र सम्पन्न हुंदा आफुलाई पनि धनि सम्झन्छ जनता गरिब हुंदा आफुलाई पनि गरिब सम्झन्छ जनताको सुख-दुःखको अनन्य साथी बन्छ । उसमा त्यागको भाबना यतिधेरै ओतप्रोत हुन्छ कि, जसले जनताको पक्षमा बोल्दा वा लड्दा आफ्नो ज्यानै गुमाउन परे पनि हांसीहांसी गुमाउन तयार हुन्छ, जसको बदलामा उसले केही कुराको आशा राख्न्दैन लालच राख्दैन, रयाल काढदैन । सिध्दान्तत: नेतामा यस्तो अनन्य त्यागको भाबना हुने हुनाले उनिहरुलाई राजनेता भन्ने गर्दछन । उनिहरु सफल हुंदा जनताले आफु सफल भएको सम्झन्छन, उनिहरुको जितलाई आफ्नो जित ठान्छन, उनिहरुले प्राप्त गरेको पदलाई आफुले प्राप्त गरेको पद ठान्ने, मानसम्मान गर्ने माला अबिर लगाईदिने कांधमा बोकेर जय-जयकार समेत गर्ने गर्छन ।

मुलुकको बर्तमान अवस्था र नेतृत्वलाई हेर्दा लाग्छ, शान्तिप्रक्रिया, संविधान निर्माण, देश र जनताको शान्तिसुरक्षाको चासो मानौं कसैको प्राथमिकताको सूचीमै पर्दैन, यस्तो अस्तव्यस्तता, अव्यवस्था, अराजकतामा राजनीतिको खोल ओढेर भ्रष्टाचार गर्नेहरुलई सजिलो हुनु स्वभाविकै हो । राजनीति जब कमाउने भाँडो बन्छ, पेशा ब्यबसाय बन्छ भने देश कसरी बाँच्ला ? सोझा निमुखा जनता कसरी बांच्लान ? अपहरण, हत्या, फिरौतीका समाचारले जनतालाई अभ्यस्त नै बनाईसकेकोछ । रूपैयाँ-पैसा, सुरा-सुन्दरी सबथोक परिपूर्ति गर्ने र त्यसलाई राजनीतिको रंग दिन पाईने भएपछि राजनीतिको स्वरुप कता जाला ? आफ्ना मान्छेहरुलई जागीर खुवाउने, छोराछोरीलाई उच्च-छात्रवृत्तिमा विदेश पढ्न पठाउने, सरूवा-बढुवा- थमौती जस्ता कार्यमा आफ्नो पकड जमाउने त सामान्य कुरानै हो । देशका जिम्मेवार तहका ब्यक्तिहरुमा यस्तो बिकृति आएपछिi कानुन मजबुत कसले बनाउने ? देशमा कानुनी राज्यको पालना गराउनेलेनै जब स्वयमलाई कानुनभन्दा माथि ठान्न थाल्छ भने त्यो देश कस्तो बन्ला ? ढिलै भएपनि राजनीतिको खोल ओढेर गरिने यसखाले धन्दाविरूद्ध सर्बोच्च अदालतले हाल जयप्रकाश गुप्ता प्रकरणमा देखाएको साहासिक कदमले केहि मात्रामा भए पनि अदालत र न्यायकर्मीहरुप्रतिको आम जनमानसको धारणालाई सुधार्ने संकेत दिएको छ ।

बिश्वको ईतिहासलाई हेर्ने हो भने यस्तो त्याग गर्ने कैयौं महान नेताहरु छन, जसले न्यायको पक्षमा लड्दा, अन्यायको बिरोध गर्दा आफ्नो सम्पूर्ण श्रीसम्पत्ति मात्र होईन आफ्नो परिबार देश र ज्यानै समेत गुमाएका छन । त्यस्ता त्याग गर्ने गौतम बुध्द, जिसस क्राईष्ट, सुकरात, महात्मा गान्धी जस्ता अनेकौं नामहरु छन । जसले राजनीतिलाई एउटा समाज सेबा हो, धर्म हो भन्ने कुरा सिकाए । तर आज गौतम बुध्द देश, बीर बलभद्रको देश, भीमसेन थापाको देश दशरथ चन्ददेखि सयौं हजारौं नेपालीआमाका सपुतहरुले जनताको मुक्तिका लागि, न्यायको लागि, बिभिन्न कुरीति-कु संस्कार, जातीय बिभेद, राष्टिय एकता र अखण्डताताको लागि आफ्नो जीबन बलिदान गरेको देशमा ति बीर शहिदहरुले गरेको त्याग र राजनैतिक मूल्य र मान्यताको अपमान हुंदा देशले लिन खोजेको गतिको बिषयमा गम्भीर चिन्ता उत्पन्न भएको छ । देशको नेतृत्व गर्ने राजनीतिकर्मीहरुको ब्यक्तिगत स्वार्थ र अभिष्टले देशमा भ्रष्टाचारले उम्कनै गाह्रो हुने गरी जरो गाडेको छ, देशमा राजनैतिक परिबर्तनको केहि गन्न लायक कामहरुको भजन गाईरहंदा र नेतृत्वमा रहेकाहरुले प्रतिष्पर्धामा उत्रेर माला र अबिर लगाईरहंदा सयौं हजारौं ठाउंमा प्वालहरु देखा परिसकेका छन । राजतन्त्रलाई समाप्त पारयौं, गणतन्त्र ल्यायौं भनेर नथाक्नेहरुले आफ्नो ब्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठ्न नसक्दा गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर शङ्का उत्पन्न भएको छ र प्राप्त उपलब्धिहरुनै धरापमा परेको छ । आज मानब सभ्यता र मानब ईतिहासले छोडिसकेको जातीय बिभेदलाई आफ्नो राजनैतिक अभिष्टको लागि उठांईदै छ, उरालिदैछ । हिजोसम्म मानब समाजमा पुरुष र महिला दुईजाति मात्र हुन भनेर बिश्लेषण गर्न रुचाउनेहरुलाई आफ्नो जातीय पहिचान खोज्न बाध्य पारिदैछ । हिजो बिश्वकर्मा, दर्जी, कामी, सार्की थरहरुलाईलाई फालेर अधिकारी, घिमिरे लेख्न रुचाएकाहरु आज पुन: हिजोकै थर लेख्न बाध्य पारिएको छ । किन आबश्यक भएको हो हामीलाई यो ईतिहासले कन्टेनरमा फालिसकेको जातीबाद, जातियताको आधारमा आरक्षण वा संङ्घियता ? यहां जातियताको नाममा मुट्ठीभरले फाईदा उठाईरहेको हामीले देखिरहेका छौं भोगिरहेका छौं, जब जब पद आबश्यक पर्दछ कुर्सी आबश्यक पर्दछ, त्यतिबेला ति भोकानांङगा र शोसित-पीडित जाति र बर्गको नाम लिने गर्दछन । पद र धनको प्राप्ति पछि सबैथोक बिर्सिन्छन र जब पद सकिन्छ र पुन: आबश्यक पर्दछ पुन: माला जप्न थाल्छन ।

भष्टाचारीको ट्याग भिरेका चिरन्जीबि वाग्ले, जयप्रकाश गुप्ताहरु त एउटा आहाल बसिरहेको भैसीको टाउको मात्र हुन, यस्ता राजनीतिको नाममा, जातियताको नाममा नेता बनेर देशको ढुकुटीलाई आफ्नो पोल्टामा पार्ने भ्रष्टाचारीहरु प्रशस्त छन नेपाली राजनीतिमा । पटक पटक मन्त्री र पद धारण गरेका गुप्ता जब भ्रष्टाचारीको लीष्टमा परेर अख्तियारले डाम्यो, त्यतिबेला तिनलाई राम्रो हतियार बनेको थियो तराई आन्दोलन, त्योभन्दा अगाडि पटक पटक पद र शक्तिमा रंहंदा कसले रोकेको थियो तराईका जनताको पक्षमा काम गर्न ?

हालका एनेकपा माओबादीको लागि पनि सुरुका दिनहरुमा नेपाली जनताको गरिबी, बेरोजगारी, बेथीति र २०४६ सालको परिबर्तन पछि पनि नेपाली जनताको जीबनस्तरमा कुनै पनि परिबर्तन आउन नसक्दाको बितृष्णा, राम्रो राजनैतिक मुद्दा र जनतालाई आकर्षणको नारा बनेको थियो, तिनै मुद्दालाई यिनले पक्रेका थिए । समाजमा आमुल आर्थिक, सामाजिक परिबर्तन गर्ने, उत्पीडित जनताको मुक्ति, अन्यायको बिरोधमा जीबन समेत बलिदान गर्ने कसम खएका र ख्वाएका थिए र हजारौंको बलिदानीपूर्ण युद्द पनि लडे । तर आज जसले सच्चाईका साथ लडे ति आज कहांछन, नांगा खुट्टा नांङ्गैछन, भोको पेट भोकै छ तर नेतृत्वमा हुनेहरुको जीवनशैलीमा क्रान्तिकारी परिबर्तन आएको छ । गाडीको बिशाल भिड, ट्राफ़िक देखेपछि सहजै देशको सर्बहारा पार्टीको मिटीङ वा त्यहां त्यो पार्टीका नेताहरुको उपस्थिति छ भनेर भन्न हीच्किचाउन नपर्ने भएको छ । लाग्छ, आन्दोलनका बेलाका संगैबसेका, खाएका साथीहरु त यिनलाई चिन्न समेत मुस्किल हुन थाल्यो, लोभिपापीहरुको भिडभित्र यिनिहरु हराउन थाले, हिजोका साथीहरु र युध्दकालिन दिनहरु यिनलाई यथार्थ नभै नशाले लट्ठिएको बेलामा देखेको घुर्मैलो दृश्य वा याद जस्तो लाग्न थाल्यो । यिनको मगजमा देश र जनताको मर्म र महत्वको ठाउं कुर्सीले लियो ।

यदी जनतालाई बास्तविकरुपमै अधिकार सम्पन्न बनाउने हो, बिपन्न बर्गका जनतालाई सम्पन्न बनाउने हो भने, देशलाई चाहिएको विकेन्द्रिकृत राज्य ब्यबस्था हो, जहां एउटा पासपोर्ट बनाउन पनि काठमाडौं मै आउनुपर्ने र महिनौं धाउनुपर्ने, घुस ख्वाउनुपर्ने बाध्यता नहोश । राज्यले वा प्रदेशले अखण्डता बाहेकका आफ्ना निर्णय र नीतिनिर्माणहरु आफैं गर्न पाओस, आफ्ना बिकास निर्माणका कार्यक्रमहरु आंफै बनाई आंफै अगाडि बढाउन पाओस । न कि जात-जाती, धर्म र बर्णलाई आधार बनाएर राज्य र जनता जनता बिचमा बिभाजन ल्याउने र देशलाई जातीय धार्मीक असहिष्णुता र द्वन्द्वमा धकल्ने कार्य । यदि सांच्चिकै गरिब जनतालाई राहत दिने उदेश्य हो भने आर्थिक आधारमा जनतालाई आरक्षण दिनु नै वैज्ञानिक हुन्छ । राजनैतिक अभिष्ट पुरा गर्न नेपाली जनताको बिभाजनमा, बिखण्डनमा नरमाऔं ।

(लेखक एनडिएफ़ जापानका पूर्व अध्यक्ष हुन)

 

तपाईको प्रतिक्रिया