Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

बिषय प्रवेश
मान्छेका अनेकौ अनुभूतिहरु हुने गर्छन । अनेकौ अनुभूतिलाई संगाल्दै जीवन जिउनुपर्ने हुन्छ । मान्छेका जीवन सुन्दर कल्पनाका साथमा बित्ने गर्छन भने कहिले अनेकौ ब्यबधानका बीच चल्ने गर्छन । नेपाली भूमिमा गरेको अनुभूति भन्दा फरकपनसहितको जापानी भूमिको जीवन र शैक्षिक अनुभूतिहरुलाइ केलाउने प्रयासस्वरूप लेख्न कोसिस गर्दैछु ।

जापान एक अति नै बिकशित मुलुक हो । यहाँ आउन चाहने मान्छे अधिक रहिआएको छ । नेपालबाट बिद्यार्थी भिसामा आउनेको संख्या हजारौ रहेको छ । बिकसित राष्ट्रको बिकसित शैक्षिक प्रणाली, सामुहिक संकल्प, समयको सहि प्रयोग, काम प्रतिको लगाव, राजनैतिक चेतना र सांस्कारिक संस्कृतिको विशेषता यहांबाट शिक्षा लिनुपर्ने मुख्य बिषयबस्तुहरु हुन् । जापानको शैक्षिक यात्राको दौरानमा पहिलो शैक्षिक भ्रमणका केही रमाइला पलहरु त केहि ज्ञानमुलक बिषय बस्तुहरुलाई यहां राख्ने जमर्को गरेको छु ।

पहिलो दिन
जापान प्रवेशको ५औ महिनासंगै जापानको चिवाकेन अन्तर्गत फुनाबासीमा अध्ययन गर्ने एक सयको हाराहारीमा रहेका बिद्यार्थीहरु जसमा चीन, भियतनाम, नेपाल, रुस, अष्ट्रेलिया, नाइजेरिया, मंगोलिया लगायत राष्ट्रका र १० जना शिक्षक / शिक्षिका सहित खामोगावा पूर्बनिर्धारित समयानुसार बिहान ८ बजे प्रस्थान गर्ने स्कुलको प्रांगणमा जम्मा भै २ वटा बसमा प्रस्थान गर्न २ समुहमा विभाजन गरि बसमा चढ्न दिएको निर्देशनलाई स्वीकार्दै आ-आफ्नो बसमा चढी प्रस्थान गरियो । हामी नेपाली बिद्यार्थीहरु दुवै बसमा जम्मा १५ जना थियौ । रोचक कुरा हामी नेपालको एकै संस्था एसिया फर अल नामक संस्थाबाट ६ जना अशोक, दिवाकर, सबिन, महेश, बिजय र रबिन्द्रले जापान आउने प्रक्रियाको सुरुवाती देखि एकै प्लेनबाट, एकै होस्टल र एकै स्कुलमा अध्ययन गर्दै आइरहेका हामी एकै बसमा समेत परेकोले खुशी साटासाट गर्दै अन्ताक्षरी खेल्ने अशोकको आग्रहलाई समर्थन जनाउदै दुई समुहमा विभाजन गरी शिक्षक र अन्य देशका साथीहरुलाई समेत नेपाली गीतमा मनोरन्जन दिलाउदै गर्दा बसका पांग्राहरुले गन्तव्यको निकटतातर्फ लम्काउदै थियो सोहि बखत शिक्षकले आ-आफ्नो नाम, लक्ष्य र रमाइला रमाइला प्रश्नहरु साथमा उतर दिदै गाडीको पांग्राहरुले बिश्राम लिने ठाउ खामोगावाको एक होस्टेल जस्तै तर शैक्षिक भ्रमणमा आउने बिद्यार्थीका लागि बनाइएको होटल जस्तो देखिने जसमा खेल मैदान, पकाउने र खाने ठाउं लगायत मनोरन्जनात्मक ठाउंहरु प्रशस्तै थियो ।
११ बजे हाम्रा पाइलाहरु उक्त स्थानमा प्रवेश गरेको थियो । लगतै उक्त स्थानको बारेमा होस्टल कर्मचारीले बस्तुगत स्थितिको जानकारी पश्चात आ-आफ्नो कोठामा झोला राखी पुन: सोहि स्थानमा आउन गरेको आग्रहलाई स्वीकार्दै १२ बजे बिहानको खाना बेन्तो (रेडिमेट खाना) खाई १ बजे डोरी तान्ने खेलको लागि हलमा प्रवेश गरियो । ५ वटा समुहमा विभाजन गरि कार्यक्रम सुरु गरिएको थियो । खेलको बिभिन्न चरण पार गर्दै हाम्रो समुह बिजय भएको थियो । लगभग २ घण्टा खेल भएको थियो । उक्त खेलको समाप्तिसंगै ३ बजे नेपाली झल्को दिलाउने आगोमा खाना पकाउने ठाउंतर्फ लाग्यौ उक्त स्थान होस्टलको पछाडि पट्टी थियो । आगोबाट खान पकाउने ठाउं देख्दा उत्साहित र मनमा अनेकौ प्रश्नले बास गर्न पुगेको थियो । जापान जस्तो बिकसित ठाउमा पनि यस्तो । सबै आफै पकाई खानुपर्ने थियो । खानको नाम थियो खारे याने कि (करी) पिरो खाना – आ-आफ्नो समुहलाइ दिएको तरकारी चामललाइ जापानी तरिकाले पकाई खानुपर्ने थियो साथमा सबै समुहमा जापानी शिक्षकको प्रत्यक्ष्य उपस्थिति थियो । दाउरा चिर्ने, भात पकाउने, तरकारी काट्ने, पानी ल्याउने, सरसफाई गर्ने लगायतका कामको बांडफांड गरि काम अघि बढाइएको थियो । खान खाने समय ४ देखि ५ बजेसम्म थियो सो समयसम्म खाई सफा गरि बेलुकीको ६ बजे देखि ७ बजेसम्म क्याम्प फायरमा सहभागी हुने पूर्बनिर्धारित समयानुसार सबै जम्मा भै १ घण्टा रमाइलो गरि नौ बजेको कार्यक्रमको तयारीमा लाग्यौ । अन्तिम कार्यक्रम रोचक र अनौठौ लाग्ने खालको थियो । निबस्त्र सामुहिक नुहाउने यो नेपाली समुदायमा नसुनेको अलि फरक किसिमको थियो । जो अनुभूति गरियो उक्त अन्तिम कार्यक्रम पश्चात १० बजे आ-आफ्नो कोठामा गई सुत्ने र बिहान ६ बजे पुन भेट्ने गरि सुतियो।

दोश्रो दिन
बिहान ६ बजे उठे पश्चात शरीरलाई फुर्तिलो बनाउदै बिहानको खाजाको लागि क्यान्टिनमा गई सबै साथीहरु र शिक्षकहरुको उपस्थितिमा ७.३० बजे सम्ममा सकि बैठक हलमा उपस्थितिको लागि दिएको निर्देशनसंगै सबै त्यसतर्फ लाग्यौ । लगभग ८ बजे सम्ममा दिनभरि गरिने अबलोकन बारेमा जानकारी दिए पश्चात ८.१५ मा उक्त स्थानबाट समुद्री किनारमा रहेको Sea World अवलोकनका लागि प्रस्थान गर्दै दोश्रो दिनको शैक्षिक भ्रमण उपलब्धिमुलक बनाउने सोचका साथ २ वटा बसबाट उक्त स्थानलाई बिदाइ गर्दै गाडिका पान्ग्राहरु १.३० घन्टे यात्रा तय गर्दै अघि बढ्यो ।

लगभग ९.४५ मा बस Sea World को कम्पाउण्डमा रोकियो । पहिलो अनुभूतिका कारण पनि होला मन उत्साहित थियो । नयां अनुभूत गर्न बस भित्र नै शिक्षकले उक्त स्थानको बारेमा ब्रिफिंग गर्नुका साथै खाना खाने कुपन र टिकट सबैलाई बाडिए पश्चात बसबाट ओर्लियौ र गेट अगाडि फोटो खिच्ने योजना बनाइयो । फोटो पनि खिचियो र भित्र प्रवेश गरियो प्रवेश पश्चात समुद्री भागलाई नियाल्ने काम भयो । उक्त स्थानमा बिभिन्न थरिका माछाको कार्य कौशल हेर्ने सुरुवात डल्फिनबाट गरियो । डल्फिनको नाचको रोचकता बयान गरि साध्य छैन सायद मेरो पहिलो अनुभूति भएकै कारणले होला अनौटो र रोचक लागेको । लगभग ३० मिनेट हेरे पश्चात अर्को ठाउंमा ठूलो डल्फिन र मान्छेको रोचक घोडचडी जस्तो पानीमा डल्फिन, डल्फिन माथि मान्छे त्यो गोलो पोखरीमा घुम्दै बिभिन्न तरिकाले मनोरन्जनात्मक क्रियाकलाप आंखालाइ चम्किलो बनाउदै हेर्ने काम गरियो । त्यस्तैगरी माछाका अनेकौ प्रकारका मनोरन्जनात्मक क्रियाकलापलाइ नियाल्दै १ बजे खाना खाने ठाउंमा जम्मा भै खाना खाइयो । खाइसके पश्चात पुन बसमा गई २ बजे बसको गतिलाइ निरन्तरता दिदै बेलुकी ४.३० मा गाडी पहिले कै स्थानमा रोकियो र सबैले सबैसंग खुशी साटासाट गरि हात हल्लाउदै आ आफ्नै बासस्थान तर्फ लाग्यौ ।

हाल जापान, चिबाकेन, फुनाबासी

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया