Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
फोटो फिचरसहित
काठमाडौं– पल्सर स्पोर्टस् अवार्ड २०६८ मा गल्फका शिवराम श्रेष्ठ पुरुषतर्फ र भारोत्तोलनकी तारादेवी पुन महिलातर्फ बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । गल्फ र भारोत्तोलनले मुख्य विधा जितेको यो पहिलो पटक हो ।
गत बर्ष सूर्य नेपाल गल्फ टुरको ११ मध्ये ७ उपाधि जितेका शिवारामले नेपालको प्रतिष्ठित सूर्य मास्टर्समा दुवै पटक तेस्रो भएका थिए । शिवरामले पौडीका शैलेश राणा, क्रिकेटका पारस खड्का, एथलेटिक्सका तिलकराम थारु र घोडचडीका ध्रुबप्रसाद आर्याललाई  पछि पारेका थिए ।
छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तलनको ६९ केजीमा क्लिन एन्ड जर्कमा ९१ केजी र कूल तर्फ १ सय ५७ केजी उचाल्दै नयाँ कीर्तिमान बनाएकी तारा सोही खेलमा स्ट्रङगेस्ट वुमन घोषित  भएकी थिइन् । प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनशिपमा स्वर्ण जितेकी उनले बर्षको उत्कृष्ट महिला खेलाडी बन्ने क्रममा एथलेटिक्सकी प्रमिला रिजाल, पौडीकी श्रेया धिताल, टेबुल टेनिसकी नवीता श्रेष्ठ र व्याडमिन्टनकी नङ्शलदेवी तामाङलाई पछि पारिन् ।
यु–१९ क्रिकेट टोलीका कप्तान पृथु बास्कोटा बर्षका उत्कृष्ट युवा खेलाडी चुनिदा क्रिकेटकै जगत टमाटाले बर्षका उत्कृष्ट प्रशिक्षक बने ।
नेपाल एपिएफ क्लब एकदिवसीय राष्ट्रिय र छैटौं राष्ट्रिय खेलकुदमा विजेता बन्दा महत्वपूर्ण खेलाडी रहेका पृथु आयरल्यान्डमा नेपाललाई आइसिसी यु–१९ विश्वकप छनोटमा उपविजेता बनाई छैटौं पटक यु–१९ विश्वकपमा छनोट गराउँदाका कप्तान समेत थिए । विश्वकप छनोटमा उनले १ सय ५५ रनका साथै ९ विकेट समेत लिएका थिए । पुथृले युवाको विधामा क्रिकेटकै रुविना क्षेत्री, एथलेटिक्सकी विश्वरुपा बुढा र सिद्धान्त अधिकारी तथा पौडीका शिरिष गुरुङ मनोनयमा थिए ।
पृथुले कप्तानी गरेको नेपाली यु १९ टोलीलाई प्रशिक्षण दिएका टमाटा उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएका थिए । नेपाललाई यु–१९ को विश्वकपमा छनोट गराउने टमाटा केवल दोस्रो घरुल प्रशिक्षक समेत हुन् । क्रिकेटका पुवुदु दसानायके, नविन सिंह , जुडोका वीरबहादुर राना र पौडीका इश्वर कार्की प्रशिक्षकको मनोयनमा परेका थिए ।
लोकप्रिय खेलाडीको पुरस्कार भलिबलकी रमिला तन्डुकारले जितिन् । १ लाख २३ हजार ६ सय ५२ एसएमएस भोटिङमध्ये रमिलाले ४४ हजार २ सय ५४ मत पाप्त गर्दै बर्षको लोकप्रिय उपाधि हात पारिन् । फुटबलका भरत खबास दोस्रो स्थानमा रहे । उनले ३८ हजार ९ सय ५८ मत पाए । २४ हजार १ सय ८६ मतका साथ क्रिकेटका शक्ति गौचन तेस्रो स्थानमा रहे । मनोनयनमा परेका अन्य दुई खेलाडीमा एथ्लेटिक्सकी सविता चौधरी र टेनिसकी अस्लेशा लिसानोभिच थिए ।
स्मरणशक्ती कमजोर भएकी चितवनकी सर्मिला लामिछाने पारा एथलिट पुरस्कारबाट सम्मानित भइन् । २१ वर्षे सर्मिलाले गतवर्ष ग्रिसमा सम्पन्न स्पेशल ओलम्पिकमा शटपुटतर्फ स्वर्ण पदक जितेकी थिइन । स्पेशल ओलम्पिकको दौडमा पनि भाग लिएकी उनले त्यहा भने चौथो स्थान हासिल गरेकी थिइन ।
नेपाली खेलकुदका दानवीरका रुपमा चिनारी बनाएका नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन विशेष पुरस्कारबाट सम्मानित भए । नेपालगञ्जका उद्योगी टण्डनलाई नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली खेलकुदमा उनले लामो समयदेखि गर्दै आएको योगदानका लागि विशेष पुरस्कारबाट सम्मानित गरेको थियो । नेपालगञ्जमा १५ वर्षअघि चौथो राष्ट्रिय खेलकुद आयोजना गर्दा व्यक्तीगत रुपमा सहभागि सवै खेलाडी तथा पदाधिकारीको खानपिन र बसोवास व्यवस्था गरेका टण्डन नेपाली खेलकुदका ठूला लगानीकर्ता हुन् । नेपालगञ्जमा अन्तर्राष्ट्रिय व्याडमिन्टन तथा हालै पहिलो दक्षिण एसीयाली भारोत्तोलन च्याम्पियनसिप गर्दा उनैले सवै खर्च बेहोरेका थिए ।
पहिलो नेपाली ओलम्पियनमध्येका भुपेन्द्र सिलवाल लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । नेपालले पहिलो पटक सन् १९६४ बाट ओलम्पिक सहभागिताको सुरुवात गर्दा सहभागी खेलाडी मध्ये सिलवाल एक थिए । पुख्यौली घर ललितपुरको गोदावरी वरिपरि डाडाकाडामा दौडदा दौडदै सिलवाल २० वर्षको उमेरमा नेपाली सेनामा भर्ति भएका थिए र आफ्नो औपचारिक खेल जिवन सुरु गरेका थिए । उनले सन् १९५८ को टोक्यो एशियन गेम्समा खाली खुट्टा दौडीएरै सातौं स्थान समेत हासिल गरेका थिए ।
बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र लोकप्रिय खेलाडीले बजाज पल्सर मोटरसाइकल, ट्रफी, सामसुङको क्यामरा र डिस होमको सेट बक्स प्राप्त गरे । त्यस्तै अन्य विधाका विजेताले जनही ट्रफी ३० हजार रुपैयाँ, सामसुङको क्यामरा, डिसहोमको सेट बक्स पाए । मनोयनमा पर्नेले टाइमेक्सको घडी र जोन प्लेयरको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना तथा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको अटोमोबाइल ब्राण्ड पल्सरको मुख्य प्रायोजन रहेका अवार्डलाई  डिस होम, वेस्टर्न युनियन, सूर्य नेपाल, आइएसएमई र एभेन्युज टेलिभिजन लगायतका ब्यपारिक एवं ब्यवसायीक संघ संस्थाको साथ दिएका थिए ।
तपाईको प्रतिक्रिया