Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
 काठमाडौं- जापानीकी यौनकर्मी एक युवतीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा विगत १५ वर्षदेखि जापानकै जेलमा बन्दी जीवन बताइहरेका गोविन्दप्रसाद मैनाली शनिबार स्वदेश फर्किएका छन् ।हत्यको अभियोगमा मैनालीलाई सन् १९९७ मा जापान प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, हत्या गरिएकी महिलाको शरीरबाट संकलन गरिएका ४२ वटा नमूनाको डीएनए परिक्षण गर्दा कुनै पनि मैनालीसँग नमिलेपछि उनलाई गत २५ जेठमा टोक्यो उच्च न्यायलयतले निर्दोष सावित गर्दै रिहा र मुद्धाको पुनरावलोकन गर्न आदेश दिएको थियो ।
अदालतको आदेशसँगै उनलाई जेलबाहिरै रहेर मुद्धा लड्ने अधिकार मिलेको हो ।
पत्नी, दुई छोरी र आफूलाई जेलमुक्त गराउन लागी परेका केही सहयोग समितिका पदाधिकारी सहित मैनाली १८ वर्षपछि स्वदेश फर्किएका हुन् । यसअघि राधा पति गोविन्दको अदालती सुनुवाई सुन्न जापान पुगेकी थिईन ।
विमान स्थालमा छोरा मैनालीको स्वागतका लागि ७९ वर्षीया आमा चन्द्रकला, दाजु इन्द्र मैनाली लगायतका मैनाली परिवारका अन्य सदस्यहरु पुगेका थिए । छोरालाई स्वागत गर्न हातमा फूल माला र अविर लिएर बसेको आमा चन्द्रकला छोरालाई देख्ने वितिकै उनी भावविह्वल भएकी थिईन ।
हातमा रहेको फूलमाला लगाउ‘दै उनी केहीबेर छोरोको अंगालोमा बाधिएकी थिइन ।
विमानस्थलबाट बाहिरिनेक्रममा गोविन्दले क्यामेरा तीर हेर्दै माटो छोएका मैनालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त जानकारी गराउदै ढिलै भए पनि आफूले न्याय पाएकोमा खुशी लागेको बताए । ‘यो खुशीको कुरा म शब्दमा ब्यक्त गर्न सक्दि’, उनको भनाई थियो, ‘सबैको सहयोगमा मैले न्याय पाएको छु ।’
‘मैले वृद्ध आमासंग भेट गर्न पाए, आफ्नो देशमा टेक्न पाए म असाध्यै खुसी छु,’ उनले भने, ‘मलाई झुठो अभियोगमा जेल चलान गरिएको १५ वर्ष भए पनि न्याय पाएको छु ।’
विमान स्थामा स्वदेश र विदेशका गरी सयभन्दा बढी पत्रकार उपस्थित रहेको थियो । स्वदेशी र विदेशी सञ्चारकर्मीहरुको भिड अनियन्त्रित हुँदा प्रहरी र केही सञ्चारकर्मीबीच भनाभन समेत भएको थियो ।
तपाईको प्रतिक्रिया