Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दाङ । ‘सदियौदेखि तपाईहरु घोडामा हिड्ने, हामी तपाईको भरिया भएर सामान बोक्नुपर्ने, तपाईहरुको गाईभैंसीको गोठाला बस्नुपर्ने, तर अब हामी सँधैभरी तपाईहरुको भरिया बन्न सक्दैनौ ।’ आज बुधवार दाङको घोराहीमा जम्मा भएका मगर जातिहरुले यस्तो भने । हामीले धेरै बोक्यौ तपाईहरुका भारी, तर अब बोक्न सक्दैनौ-उनिहरुले भने, भरिया बन्दा-बन्दा हाम्रा भाषा हराए, सँस्कृति हराए, हाम्रा सँस्कार, पहिचान सबै कुरा हराए । तपाईहरुले हिजो हामीमाथि जस्तो ब्यवहार गर्नुभयो । तर अब हामी समानता चाहन्छौ’ – उनीहरुले भने ।

नेपाल मगर संघ केन्द्रिय समितिले बुधवारदेखि १२ गते सम्मका लागि आहृवान गरको मगराँत स्वायत्त प्रदेश बन्द कार्यक्रमलाई समर्थन गर्दै नेपाल मगर संघ दाङ मगराँत स्वायत्त प्रदेश संघर्ष समिति दाङले घोराहीमा आयोजना गरेको शान्तिपर्ण र्‍याली कार्यक्रममा बोल्ने बक्ताहरुले त्यस्तो बताएका हुन् । जातिय राज्यको बिरोधमा अहिले बिभिन्न प्रतिक्रियावादी शक्तिहरु जुर्मुराईरहेको भन्दै उनिहरुले नेपालमा सदियौंदेखि उत्पिडनमा परेका आदिवासी जनजाति, पिछडिएका समुदायले समान अधिकार माग्दा बिभिन्नखाले समस्यामा पार्न खोजिएको बताएका थिए । ‘हामी यो देशमा शान्ति चाहन्छौ, हामी शान्ति बिरोधी हैनौ – उनिहरुले भने, ’हामीले हामीलाई मात्र अधिकार देउ भनेका छैनौ, सबैलाई समानखालको अधिकार हुनुपर्छ भनेका हौं ।’ असमान सामाजिक संरचनाका कारण आदिवासी जनजातिहरु नेपाली भएर पनि नेपाली हुनुको गर्व गर्न नपाएको भन्दै उनीहरुले सबै जातजाति, समुदायलाई समान अधिकारका लागि जातिय पहिचान सहितको संघियता हुनुपर्ने बताएका थिए । कुनै जातिको नाममा राज्य बन्यो भने अन्य जातिको अधिकार खोसिन्छ भन्ने कुरा गलत भएको भन्दै उनिहरुले जातिय राज्यमा रहेका अन्य जातिको पनि समाज अधिकार हुने बताएका थिए । ‘हामीले समग्रमा सबै जातिको बिकास होस् भन्ने चाहेका छौ – सो अवसरमा बोल्दै नेपाल मगर संघ दाङका पूर्व अध्यक्ष आईएस थापामगरले भन्नुभयो, “एउटा जातिको विकासले मात्र कुनैपनि देशको विकास हुन सक्दैन ।  नेपालमा रहेको सबै जातिहरुको समान किसिमले विकास हुन जरुरी छ” – उहाँले भन्नुभयो । अहिले राज्यले ब्राहृमण-क्षेत्रीलाई आदिवासीमा सुचिकृत गरेको कुरा गलत भएको भन्दै उहाँले आदिवासी हुनका निमित्त कुहेको स्यालको मासु खाएको, रुखबिरुवाको बोक्राको लुगा लगाएर आदिम कालदेखि बसोबास गरेको इतिहास हुनुपर्ने बताउनुभयो ।

घोराहीको तारादल गण अगाडिबाट शुरु भएको र्‍याली घोराहीपार्क, बालमिन्दर, दामोदर चोक, न्यूरोड हुँदै बजार परिक्रमा गरेर तुलसिपुर चोकमा आएर कोणसभा भएको थियो । र्‍यालीमा उपस्थित सम्पूर्ण मगर समुदाय आफ्नो जातिय पहिचान सहितको भेषभूषा लगाएर बाजागाजा सहित उपस्थित भएका थिए । सो अवसरमा नेपाल मगर संघ दाङका निवर्तमान अध्यक्ष कृतिमान पुन मगर, सल्लाहकार दयाजी रोका मगर, मगराँत स्वायत्त प्रदेश संघर्ष समिति दाङका संयोजक तथा संघका जिल्ला अध्यक्ष भोपलाल रोका मगर, मगर बुद्धिजिवि टेकबिर घर्ती मगर, नेपाल मगर युवा क्लवका अध्यक्ष लक्ष्मण बुढा मगर, नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तीलबहादुर पुनमगर लगायतले कोणसभालाई

सम्बोधन गर्नुभएको थियो । कोणसभाको सहजिकरण नेपाल मगर संघ दाङका उपाध्यक्ष भिमकुमारी बुढा मगरले गर्नुभएको थियो । ***

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया