Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दाङ । जिल्लामै पहिलोपटक मिस दाङ कार्यक्रम हुँदैछ । जिल्लाका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको मिस दाङ कार्यक्रमका लागि अहिले फारम बितरण भैरहेको छ । मिस दाङका निमित्त यहाँका युवतीहरु निकै उत्साहित देखिएको र नाम दर्ता गराउन आउने कार्य भैरहेको मिस दाङ प्रतियोगिताका स्थानिय आयोजक हिमाल बुक्स एण्ड स्पोट्सका थम्मनकुमार भण्डारीले जानकारी दिनुभयो | इफोर इन्टरटेनमेन्ट काठमाण्डौंको आयोजना तथा हिमाल बुक्स एण्ड स्पोट्स घोराही दाङको आयोजनामा यही जेठको अन्तिम साता मिस दाङ प्रतियोगिता हुन गैरहेको छ ।

जिल्लामै पहिलोपटक आयोजना हुन गैरहेको मिस लिटिल वर्ल्ड नेपाल २०१२ को पहिलो अडिसन धनाधम भैरहेको छ । नेप्लिज काउन्सिलको सहकार्यमा इफोर इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्न गैरहेको दोस्रो लिटल मिस वर्ल्ड नेपाल २०१२ का लागि दाङमा अहिले पहिलो छनौट कार्यक्रम भैरहेको छ । बाल प्रतिभा प्रदर्शन र सँस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रमका लागि जिल्लाका बिभिन्न विद्यालयहरुमा गएर बालिकाहरुसंग अडिसन लिने क्रम भैरहेको छ । मोफसलका प्रतिभाहरुलाई पनि समेट्ने उद्देश्यले मोफसलका विभिन्न शहरहरुमा अडिसनको आयोजना गरिएको इफोर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक दीपक घिमिरेले जानकारी दिनुभयो ।

विभिन्न चरणको छनौट कार्यक्रम गर्ने क्रममा अहिले जिल्लामा बिभिन्न विद्यालयमा गएर छात्राहरुसंग अडिसन लिने कार्य भैरहेको छ । जसअन्तर्गत पर्ल एकेडेमी घोराही, गोरखा इनटरनेशनल पब्लिक आवासिय उमावि घोराही, दिपशिखा उमावि घोराही, सिध्दार्थ एकेडेमी घोराही, शान्तिसुधा उमावि घोराही, भ्यालीटप उमावि घोराही लगायतका विद्यालयमा पहिलो चरणको छनौट प्रतियोगिता सम्पन्न भएको छ । अडिशनमा पर्ल एकेडेमीमा ८० भन्दा बढी, गोरखा उमाविमा १ सय जना, दिपशिखामा ८० जना बढी, सिध्दार्थ एकेडेमीमा ५० जना बढी, भ्यालीटपमा ८० जनाभन्दा बढी, शान्तिसुधा ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

९ देखि १३ वर्षसम्म उमेर समुहका बालिकाहरुको सहभागि हुन पाउने प्रतियोगिता दाङमा जेठ २० गते अन्तिम अडिसन हुने र धरान, धनगढी, नेपालगञ्ज, दमक, विर्तामोड, पोखरा, झापा, विराटनगरमा पनि दोस्रो लिटल मिस वर्ल्ड नेपाल २०१२ को छनौट प्रतियोगिता गरिने आयोजकले जानकारी दिएका छन् । बिभिन्न चरणको छनौट गरी काठमाण्डौंमा हुने फाईनलको लागि सबै क्षेत्रका विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले टप ३६ मा प्रतिस्पर्धा गर्न पाउने बताईएको छ । दाङमा फाईनल अडिसन जेठ २० गते गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । काठमाण्डौंमा हुने फाईलन प्रतिस्पर्धामा नेपालको उपाधि जित्ने एकजना बिजेताले असोजको दोस्रो हप्ता टर्कीमा हुने १२ औं संस्करणको लिटल मिस वर्ल्ड २०१२ मा भाग लिन पाउने छन् । प्रतियोगितामा फेशनसम्बन्धी कुराहरु मात्र नभएर सबै किसिमको ट्यालेन्टलाई हेरेर मात्र छनौट गरिने बताईएको छ । दाङको छनौट प्रक्रियाका लागि अहिले काम भैरहेको छ र कम्तिमा पनि चार चरण गरी गरिने छनौट प्रतियोगितामा ४० जना सहभागि गराईने इभेन्ट म्यानेजर अभिमन्यु शर्माले बताउनुभयो । यि दुबै प्रतियोगिताको कोरियोग्राफर म्यान हन्ट इन्टरनेशनल नेपाल-२०११ का बिजेता निर्जन थापा रहनुभएको छ ।***

तपाईको प्रतिक्रिया