Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

टोकियो – साईतामा केनको तोदा क्षेत्रको स्थानिय नदिमा मृत अवस्थामा भेटिएका बागलुङ नरेठाँटी – ३ का योगेन्द्र गैरेको मृत्युको कारण पानीमा डुबेर भएको प्रहरीले बताएको छ । छानबिनअनुसार गैरेले नदिमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

केहि बर्ष अगाडि कुक भिसामा जापान आएका गैरे लामो समयदेखि बेरोजगार रहेको र रोजगारीको खोजीमा फुकुओका, फुकुसीमा हुँदै साईतामा केन आईपुगेका थिए ।

मृतक गैरेको वास्तविकता बुझ्नका लागि आज त्यसतर्फ गएको एनआरएन जापानको टोलीलाई छानबिनमा संलग्न तोदा प्रहरी बिभागले गैरेको शरिरमा कुनै चोटपटक नलागेको र हत्या भन्न मिल्ने त्यस्तो कुनै प्रमाण नभेटिएकोले आफै पानीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने बताएको हो । गैरेको मृत्युको कारण पानीमा डुबेर भएको प्रहरीले बताएको छ ।

बुधबार बिहान गैरेको शव नजिकैको नदिमा तैरिरहेको अवस्थामा स्थानिय केटाकेटीहरुले देखेपछि प्रहरीमा खबर गरेको र प्रहरीले उनको पहिचान गरेपछि नेपाली दूतावासमा खबर गरेको थियो ।

बेरोजगारी अवस्थामा रहेका गैरे केहि दिन अगाडि देखि सो क्षेत्रमा मगन्तेकारुपमा पैसा मागेर जिविका चलाउँदै आएको थाहा पाएको स्थानिय प्रहरीले बिभिन्न ठाउँमा क्यामेरा जडान गरी उनको दैनिक क्रियाकलाप बारे निगरानी गर्दै आईरहेको पनि बताएको छ । क्यामेरामा कैद गरिएको पछिल्लो रेकर्डअनुसार मृतक गैरैले अघिल्लो दिन १ हजार येन निकालेर स्थानिय पसलमा चुरोट किनेको पत्ता लागेको छ ।

बेरोजगारका कारण चरम आर्थिक संकटबाट गुज्रेका गैरेले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

मृतक गैरेको यथास्थितिबारे जानकारी लिन आज एनआरएन अध्यक्ष ओम गुरुङ, उपाध्यक्ष बिष्णुहरि रेग्मी, कोषाध्यक्ष नरबहादुर थापा, आईसीसी सदस्य अरुणकुमार श्रेष्ठ, कान्तो उपाध्यक्ष प्रेम कँडेललगायत घटनास्थल पुगेका हुन ।

मृतक गैरेको शव हाल स्थानिय प्रहरी कार्यालयमा राखिएको छ । परिवारको आधिकारिक सदस्य आएमा शव जिम्मा लगाउने प्रहरीले बताएको छ । गैरेको नेपालमा बाबा-आमा, श्रीमती र २ छोरा छन । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया