बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

काठमाडौं – अश्लील भिडिओ बनाएर ब्ल्याक मेल गर्दै पटकपटक करणी गर्ने युवा रुपन्देहीबाट पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-१३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

एकल महिलालाई ‘ब्ल्याक मेल’ गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको आरोप लागेको छ । महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडिओ बनाएर पटकपटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।

तपाईको प्रतिक्रिया