शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

नागोया – जापानको नागोया शहरमा नेपाल फेस्टिभल तयारी तीव्र पारिएको छ । आउँदो जुन ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेस्टिभलको आयोजना गरिने भएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको आयोजनामा, आदिवासी जनजाति महासंघको मुख्य सहआयोजना, नागोया अवस्थित सामाजिक संघ संस्थाहरूको सहआयोजना एवं नेपाली दूतावास टोकियोको सहयोगमा फेस्टिभल आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देव घिमिरेले जानकारी दिए । फेस्टिभलको उपसंयोजकको जिम्मेवारीमा भने यम बहादुर पाइजा र नरेश राई दिइएको छ ।

जापानीलाई नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैको साथ र सहयोग रहनेमा आफू विश्वत रहेको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए । फेस्टिभल सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू बनाई काम तीव्र गतिमा भइरहेको छ । फेस्टिभलका आर्थिक समिति संयोजक समेत रहेका दीपक कार्कीका अनुसार फेस्टिभललाई सभ्य र भव्य बनाइनेछ । कम खर्चमा उत्कृष्ट फेस्टिभल सम्पन्न गरिने उनको भनाई छ ।फेस्टिभल आयोजक समितिका प्रचारप्रसार संयोजक विष्णुप्रसाद घिमिरेले फेस्टिभलको व्यापक प्रचारप्रसारमा लागेकाे बताए । ‘नेपाली समुदाय मात्र नभई जापानी समुदायहरूमा पनि फेस्टिभलको बारेमा व्यापक प्रचारप्रसार गरिएको छ,’ उनले भने, ‘जापान स्थित जाईका लगायत संघसंस्थाहरु मात्र होइन, जापान स्थित स्थानीय सरकार आईचिकेन, नागोया सी लगायत पनि फेस्टिभल आयोजनामा सहभागी हुनु राम्रो पक्ष हो ।’

तपाईको प्रतिक्रिया