मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

ब्रुनाई – ब्रुनाई भ्रमणमा आउनु भएका संस्कृतिकर्मी दिलेन्द्र राईसँग ब्रुनाईमा रहेका स्रष्टाहरुले एक कार्यक्रमको आयोजना गरी भेटघाट सम्पन्न गर्‍यो ।

लामो समयदेखि साहित्य, संगीत र लोकसंस्कृति संरक्षणमा काम गर्दै आउनु भएका स्रष्टा राईको स्वागतार्थ प्रवासी नेपाली साहित्य समाज, बेलायत, ब्रुनाईले एक औपचारिक भेटघाट कार्यक्रमको आयोजना गरेको हो । पूर्वी नेपालमा लोकप्रिय ख्याली, हाक्पारे जस्ता लोकसंस्कृतिको जगेर्ना गर्न बिशेष योगदान दिनुभएका राईले लाहुर घर आफूले सोचे जस्तो नभई विश्वविद्यालय जस्तो पाएको विचार ब्यक्त गर्नुभयो । ब्रुनाईवासी नेपालीहरुको जीवनस्तर अत्यन्तै उच्च पाएको र अरु धेरै सम्भावना देखेको विचार ब्यक्त गर्नुभयो ।

साहित्य समाजका सदस्य महेश बनेमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समाजका अध्यक्ष विश्वासदीप तिगेलाले आभार–पत्र प्रदान गर्नुभएको थियो भने उपाध्यक्ष जितेन्द्र चेम्जोङले खादा ओढाई सम्मान गर्नुभएको थियो । संस्कृतिकर्मी राईको सम्मानार्थ किसन राई, सुरेन्द्र इङनाम, सन्देश नेम्बाङ लगायत उपस्थित स्रष्टाहरुले आ-आफ्नो सिर्जना बाचन गरेका थिए । कार्यक्रमलाई महासचिव आनन्द रानोहोछाले आकर्षक ढंगले संचालन गरेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया