आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले दश दिनभित्र स्थानीय निकाय सञ्चालनकोलागी नयाँ संयन्त्र गठन गर्ने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले संविधानसभामा जिल्लामा दलले पाएको मतको आधारमा नयाँ संयन्त्र गठनको तयारी भएको खुलासा गरे ।
साक्षात्कारमा उनले बढी मत पाउने दल अध्यक्ष त्यसपछिको दल क्रमस उपाध्यक्ष सहितका पदमा राखेर संयन्त्र गठन गरिने जानकारी दिए ।
उनले ५ देखि बढीमा ९ सदस्यीय संयन्त्र गठनको तयारी भईरहेको खुलासा गर्दै तत्कालकोलागी स्थानीय राजनीतिक दलसँग सल्लाह गरेर जिल्लामा एलडिओ, नगरपालिकामा कार्यकारी अधिकृत र गाविसमा सचिवको नेतृत्वमा स्थानीय निकायका विकास निर्माणका काम सञ्चालन गर्ने निर्देशन
उनले भोली मन्त्रालयले थप ३७ वटा नयाँ नगरपालिका घोषणा गर्ने जानकारी पनि साक्षात्कारमा दिए । ३७ नयाँ नगरपालिका घोषणा पछि नेपालमा महानगर, उपमहानगर र नगरपालिकाको संख्या  ९५ पुग्ने छ ।
मन्त्री रायमाझीले प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारको कामको समिक्षा गर्ने बेला अहिले भई नसकेको बताए पनि सरकार दुधले धोए जस्तो चोखो भने नभएको धारणा राखे । उनले बाहिर आएजस्तो आफ्नो मन्त्रालयमा एक जना पनि सरुवा नगरेको दावी गर्दै लामो समयदेखि काजमा बसेका १ सय २८ जना कर्मचारीलाई दरबन्दीमा फर्काउने काम मात्र भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया