आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं– संविधानसभाको जनमत संकलन समितिले नयाँ संविधानको पहिलो मस्यौदा दैनिक पत्रिकामा छपाएर ६४ लाख घरधुरीमा पुर्‍याउने भएको छ ।
जनमत संकलनलाई प्रभावकारी बनाउनेबारे सञ्चारकर्मी र सञ्चार सम्बद्ध संस्थासँगको छलफलका क्रममा सभापति प्रमोदप्रसाद गुप्ताले ६४ लाख पत्रिका घरघरमा पुर्‍याउने योजना रहेको जानकारी दिए ।
संविधानप्रति जनताको अपनत्व बढाउन जनमत संकलनलाई प्रभावकारी बनाइने उनले बताउनुभयो । संविधानको पहिलो मस्यौदा बनेपछि ६४ लाखप्रति पुस्तिका प्रकाशन गर्न र जिल्ला जिल्ला पुर्‍याउन व्यावहारिक कठिनाइ भएकाले सञ्चार माध्यमको प्रयोग गर्न लागिएको सभासद्हरुले बताएका छन् ।
छलफलमा पत्रकारहरुले भने दैनिक पत्रिका संगसँगै एफएम रेडियो टेलिभिजनलगायत आम सञ्चार माध्यमलाई प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
संविधानको पहिलो मस्यौदामाथि फागुन २३ देखि चैत १५ सम्म जनमत संकलनका लागि जाने कार्यतालिका छ ।
तपाईको प्रतिक्रिया