Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो- एनआरएन आईसीसीको महत्वपूर्ण मानिने अंग च्यारिटी टास्क फोर्सको भावी नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव तथा प्रतिक्रिया लिने उद्देश्यले टोकियोमा आइतबार एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सिंगो एनआरएन अभियान अन्तर्गत टास्क फोर्सको बिगतको भूमिकाको समीक्षा र आगामी कार्यकालमा जापान लगायत एशियाबाट गर्न सकिने संभावित कार्यक्रमहरुको बारेमा भावी रणनीति एवं कार्यदिशा तयार गर्न बिभिन्न क्षेत्रका अनुभवी, बिज्ञ एवं शुभचिन्तकहरुको राय सल्लाह, सुझाव एवं प्रतिक्रिया लिने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको एनआरएन आइसीसी च्यारिटी टास्क फोर्सका सदस्य कपिलदेव थापा (जापान) ले बताए ।
छलफलमा सहभागीहरुले सिंगो एनआरएन संगठनको संरचनामा टास्क फोर्सको पोजिशन अर्थात मर्यादाक्रम एनसीसी भन्दा माथि हो वा तल स्पष्ट नभएको, यसको काम कर्त्तब्य र अधिकार क्षेत्रबारे पनि स्पष्ट नभएको कारण टास्क फोर्सबारे सर्बसाधारणमा अन्यौल सिर्जना भएकोले एनआरएन केन्द्रले समयमै प्रष्ट पार्न सुझाव दिएका थिए । साथै सहभागीहरुले प्राथमिकताका आधारमा जनभावनाअनुसार नेपालमा च्यारिटी सम्बन्धि कार्यक्रम गरिनुपर्नेमा जोड दिदैं सो का लागि सहयोग र सहकार्यका लागि तयार रहेको प्रतिबध्दता जाहेर गरे ।

जापानमा क्रियाशील बिभिन्न संघसंस्थाका जिम्मेवार प्रतिनिधिहरुको सहभागिता रहेको सो छलफल कार्यक्रममा उनीहरुले एनआरएन अभियानलाई शसक्तरुपमा अगाडि बढाउन जापानले अग्रपंक्तिमा रहेर अगुवाई गरिनुपर्ने, भूमिकाबिहिन जस्ता देखिएका आइसीसीका सदस्यहरुलाई थप जिम्मेवार बनाईनुपर्ने, यहाँको नेपाली समुदायसंग निरन्तर सम्बाद र सहकार्य गर्दै कार्यक्रमहरु ल्याईनुपर्ने जस्ता सुझाव पनि दिएका थिए ।
एनआरएन जापानका उपाध्यक्ष चिरिञ्जीवी थापा, सल्लाहकार भूषण घिमिरे, महासचिव डा. राजेन्द्र पराजुली, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, तमु धीं जापानका उपाध्यक्ष श्री गुरुङ, आईएनसीजेका महासचिव अर्जुन अधिकारी, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली बिद्यार्थी समाज जापानका सहसचिव कुमार डल्लाकोटी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समितिका सल्लाहकार सुभास लोहनीलगायतका समाजका जिम्मेवार अगुवाहरुले छलफलमा भाग लिएका थिए ।

छलफलमा आएका बिषयवस्तुहरु र जिज्ञासाहरुलाई कार्यक्रमका संयोजनकर्ता थापाले स्पष्ट पार्ने प्रयास गरेका थिए ।

बिगतमा ब्यक्तिगत तवरले नेपालमा गरेका सानाठूला लगानी तथा सामाजिक कार्यहरुलाई एनआरएनले गरेको भनि भजाइने गरेको भएपनि अब संस्थागतरुपमा शसक्त कार्यक्रमका साथ अगाडि बढ्नुपर्ने आवाज उठिरहेको बेला सम्बन्धित मुलुकका सबै क्षेत्रका जिम्मेवार प्रतिनिनिधीहरुसंग आवश्यक परामर्श गरी कार्ययोजना तय गरिने कदमलाई यहाँका नेपालीहरुले सकारात्मकरुपमा लिएका छन् ।

छलफल कार्यक्रममा जापानबाट एनआरएन आइसीसीमा निर्वाचित प्रतिनिधिहरुको भने सहभागिता रहेको पाईएन । ***

तपाईको प्रतिक्रिया